पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

जेठ २९, कालिकोट । वर्खा नलाग्दै कर्णाली राजमार्ग अवरुद्ध हुन शुरु भएको छ ।

वर्खाको समयमा पहिरोले हैरान गराउने यो राजमार्गमा वर्खा नलाग्दै राजमार्गका ठाँउठाँउमा पहिरो आउन शुरु भएको हो । मंगलबार बेलुकीबाट परेको भीषण वर्षाले जमुना– हिल्सा जोड्ने सडक खण्ड कालिकोटको कोटाखर्क र आम्तडाको खोलामा आएको पहिरोले कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरोका कारण लालिघाट देखि घाटाचौर, जारकोट, सेराचौर र आरसिपी बजारका लागी चल्ने सवारी साधन ठप्प भएका छन् । वाटो अवरोध हुदा र अन्य बिकल्प नहुदा ब्यापारी लगायत आवतजावत गर्ने यात्रु मारमा पर्ने गरेका छन ।

कोडाखर्क र आम्तडाको खोलामा पानी संगै आएको पहिरोको कारण सदरमुकाम मान्म, सुर्खेत र नेपालगन्ज सम्मको आवत जावत बन्द भएपनि अहिलेसम्म बाटोे मर्मत गर्नका लागी कतै वाट पनि पहल नभएको रास्कोट नगरपालिका ८ का सतल टमटाले बताए ।

प्रतिक्रिया दिनुहोस