वाईक दुर्घटनाका गम्भीर घाईते विर तिरुवाको काठमाडौमा उपचार हुदै

२७ भाद,्र कालिकोट । कालिकोटको रास्कोटमा वाईक दुर्घटनामा परि समाजसेवी विर तिरुवा गम्भीर घाईते हुनु भएको छ ।

रास्कोट नगरपालिका वडा नम्वर ५ मा विहान ७ वजे वाईक दुर्घना हुदा समाजसेवी तिरुवा गम्भीर घाईते हुनु भएको हो ।

दुर्घटना लगत्तै उहाँलाई उपचारको लागि हेलिकप्टरवाट नेपालगंज ल्याइएपनि उहाँलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

घाईते तिरुवाको काठमाण्डौको न्यूरो अस्पतालमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

उहाँ दलित अधिकारक्रर्मी भएर विभिन्न समाजसेवाका क्षेत्रमा कामगर्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस