वैशाख ३१, कालिकाेट । नेपाल खाद्यसंस्थान कालिकोटको खाद्यान्नको अवस्था, परिमाण तथा गुणस्तरमा कुनै किसिमको समस्या नरहेको पाइएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारि र जिल्ला स्तरिय मानवअधिकार अनुगमन समितिका अध्यक्ष विरेन्द बहादुर वुढा, राजनैतिक दल, पत्रकार लगायतको सहभागितामा स्टोरमा रहेको खाद्यान्नको अवस्था, परिमाण तथा गुणस्तरको विषयमा अनुगमन गर्दा खाद्यान्न भण्डारण र गुणस्तरमा कुनै किसिमको समस्या नरहेको अनुगमन टोलिको ठहर रहेको छ ।
कालिकोटको रास्कोट नगरपालिकाले वितरण गरेको राहत वितरणमा कुहिएको चामल भेटिएपछि नेपाल खाद्यसंस्थान कालिकोटको चामलको अनुगमन गरिएको हो ।
नेपाल खाद्यासंस्थान कालिकोट वाट खरिद गरि रास्कोट नगरपालिकाले वितरण गरेको राहतमा कुहिएको र धुलो परेको चामल भेटिको भनि उपभोग गर्ने नागरिकहरुको गुनासो आएपछि गोदाममा कुनै पनि किसिमको कुहिएको चाकल नरहेको अनुगमनका क्रममा भेटिएको हो ।
नागरिक समाज, पत्रकार, राजनितक दल र प्रशासनको अगुआईमा गएको अनुगमन समितिले कर्णालीमा आउने खाद्यवस्तुको अनिर्वाय गुणस्तरको नाप जाँच हुने पर्ने र नेपाल खाद्यसंस्थाले चामलको जाँच गरेरमात्र खरिद विक्रि गर्न अपिल गरेका छन