आजबाट २०७६ साल सुरु, शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाईँदै

बैशाख १, कालिकाेट । आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा आज मुलुकभित्रका पर्यटकीय गन्तब्यहरूमा चहलपहल सुरु भएको छ ।

नयाँ वर्षको दिन बिभिन्न धार्मिक मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । नयाँ वर्षको अवसर पारि कतिपय ठाउँमा मेला पनि लागेको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस