नेपालको टेलिफोन र इन्टरनेट संसारभरकै महँगो

बैशाख १, काठमाडौं । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ ।

महालेखाले गत आर्थिक वर्ष २०७४ र ७५ मा गरेको वित्तीय विवरणअनुसार विश्लेषण गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश संसारभरका अन्य मुलुकको तुलनामा अत्यधिक रहेको ठहर गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस