जिबनका लागि स्वास्थ्य रेडियाे बहस काेटबाडामा सम्पन्न, आैषधिकाे अभाव हुन नदिने स्वास्थ्य संयाेजक बटालाकाे भनाइ

बैशाख ३१, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाकाे काेटबाडामा जिबनका लागि स्वास्थ्य रेडियाे बहस कार्यक्रम सम्पन्न भएको छ ।

नरहरिनाथ गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा भएको समस्याका बारेमा छलफल गर्ने र स्वास्थ्य प्रणाली सुधारमा सम्बन्धित पक्षलाई खपदारि गराउने उद्देश्यले जिबनका लागी स्वास्थ्य रेडियो बहस कार्यक्रम रेडियो नयाँ कर्णालीकाे आयोजनामा सम्पन्न भएको हाे ।

 

बहसमा वडा नम्बर १ का अध्यक्ष पृथ्वी बिष्ट, वडा नम्बर २ का वडा अध्यक्ष तथा स्वास्थ्य ब्यवस्थापन समितिका संयाेजक प्रेम दर्जि, स्वास्थ्य संयाेजक लंक बहादुर  बटाला, स्वास्थ्य चाैकि इन्चार्ज हरि रेग्मी लगायत वडा नम्बर १ र २ का महिला स्वयंसेविका, शिक्षक बुद्धिजीवी लगायत सेवाग्राहीहरूकाे उपस्थिति रहेको थियो ।

बहसमा सहभागी सेवाग्राहीहरूकाे आैषधि नपाएको भन्ने गुनासोकाे जवाफ दिदै स्वास्थ्य संयाेजक लंक बहादुर बटालाले शुरूवाती चरणमा केही अभाव भएपनि अब आफू रहेसम्म आैषधिकाे अभाव हुन नदिने समेत प्रतिबद्धता गर्नुभएको बताइएको छ ।

यस्तै वडा नम्बर १ का वडा अध्यक्ष पृथ्वी बिष्ट र २ का वडा अध्यक्ष तथा स्वास्थ्य ब्यवस्थापन समितिका संयाेजक प्रेम दर्जिले आफुहरू रहुन्जेल सम्म स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको रेडियो नयाँ कर्णालीका सम्बाददाता तुलराज पाण्डेले जनकारि दिनु भएको छ । कार्यक्रमको सहजिकरण रेडियो नयाँ कर्णालीका स्टेसन म्यानेजर भरतराज बिष्ट र तुलाराज पाण्डेले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस