असोज २८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को रिक्त स्थानमा एकलौटी मन्त्री नियुक्त गरेपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालपक्षले विधिप्रति असहमति जनाउदै आपत्ती जनाएको छ ।
अध्यक्ष प्रचण्डले समग्रमा पुर्नगठन गर्नुपर्ने पटक–पटक प्रधानमन्त्री ओलीलाई सुझाउँदा समेत एकलौटी रिक्त स्थानमा नियुक्ति र जिम्मेवारी फाँडफाँड गरिएको हो । दैनिक भेटघाट भइरहे पनि प्रचण्डले सचिवालय, स्थायी कमिटीको मर्मअनुरुप जान प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको थियो । कार्यकारी अध्यक्ष प्रचण्डको सुझावलाई मनन् नगरी प्रधानमन्त्री ओलीले आफ्ना गुटका तीन जनालाई मन्त्रिपरिषदमा सामेल गनु भएको टिप्पणी गर्नु भएको छ ।
यो विधिमा अध्यक्ष प्रचण्ड सहमति हुनुहुन्न‘, प्रचण्ड निकट स्रोतले भनेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनको छलफल चलिरहेको बेला ओलीले आफ्ना पक्षका मात्र सांसदहरुलाई मन्त्रीमा नियुक्त गरेपछि नेकपामा विवाद थप चुलिने देखिएको छ । यसैविच माधव नेपाल पक्षले पनि मन्त्रिपरिष विस्तारको निर्णय प्रति आपत्ति जनाएको छ ।