प्रचण्डलाई ओलीको पत्र ः ल मैले फेरि फकाएँ , आउनुस्, गुटबन्दी र दाउपेच छाडौं


२९ कात्तिक, काठमाडौं । पछिल्लो समय नेकपामा चर्किएको अन्तरविरोध र दन्त झन अब लिखित ‘पत्र–युद्ध’मा परिणत भएको छ । कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेख्नु भएको छ ।
कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २७ गते प्रचण्डलाई पत्र लेख्नु भएको हो ।
मन्त्रिपरिषद् पुनर्गठन लगायतका काम सहमतिमै भएको तर निश्चित शीर्ष नेताहरुको अतृप्त आंकाक्षाका कारण बलजफ्ती पार्टीमा विवाद सिर्जना गरिएको ओलीको दाबी छ । नेताहरुलाई उहाको प्रश्न छ, सरकार परिर्वतनको दौडधूप किन ?’
प्रचण्डसँग सल्लाहमै मन्त्रिपरिषद् पुनगर्ठन
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल र सल्लाह नभएको पाँच नेताको आरोपको खण्डन गर्नु भएको छ ।
आफू र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका तीन विकल्प (पहिलो, सबैलाई राजीनामा गराएर केही पुराना सहित नयाँ नियुक्ति, दोस्रो, एक अवधि पुरा गरेकालाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने र तेस्रो, खाली रहेका मन्त्रालयमा नियुक्त गरेर दसैं र तिहारपछि विस्तारित रुपमा पुनगर्ठन) मा छलफल भएको प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताउनु भएको छ ।
प्रचण्डले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गर्नु भएको छ । उहाँले भन्नु भएको छ , ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं ।’
प्रधानमन्त्री ओलीका अनुसार प्रचण्डले पहिलो विकल्पमा जोड दिनु भएको थियो । तर, आफूले सचिवालयमा रहेका ईश्वर पोखरेल र रामबहादुर थापालाई नचलाऔं भन्दा प्रचण्डले असहमति जनाएको उहाँले बताउनु भयो ।
दोस्रो विकल्पमा केही सम्भावित नाममा प्रचण्डको आपत्ति आएको र त्यो आफूलाई उपयुक्त नलागेको भन्दै ओलीले तेस्रो विकल्पमा प्रचण्ड सहमत भएको दाबी गर्नु भएको छ ।
त्यसै अनुसार आफूले तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका बेला प्रचण्डले बचन फेर्दै अर्थमन्त्री मात्र नियुक्त गर्नुस् भनेकाले आफूले नरोकेको उहाँले बताउनु भयो ।

पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने प्रचण्डकै प्रस्ताव भएको ओलीको दाबी छ । मुख्यसचिव नियुक्तिमा सल्लाह गरेको, निवर्तमान मुख्यसचिवलाई प्रचण्डकै सहमतिमा राजदूत प्रस्ताव गरेको ओलीले पत्रमा उल्लेख गर्नु भएको छ ।
दक्षिण अफ्रिकाका लागि राजदूत भने समावेशीतालाई ध्यान दिएर सिफारिस गरेको बताउँदै ओलीले भन्नु भएको छ ्, ‘पार्टी निर्देशनअनुसार अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेर सरकार सञ्चालन गर्दै आएको छु ।’ कहीँकतै कमी भएको भए खुला छलफल गरेर सच्याउन तयार रहेको उहाँले बताउनु भएको छ ।
बरु सरकारले गरेका राम्रा कामहरुको समर्थनमा केही नबोलेको र प्रधानमन्त्रीको हातखुट्टा बाँधने र घेराबन्दी गर्ने काम मात्र भएको उहाँको गुनासो छ ।
प्रचण्डलाई प्रश्न ः आफ्नो भागमा परेको काम गर्नुभयो ?
अध्यक्ष ओलीले आफूमाथि प्रश्न गर्ने नेताहरुलाई आफ्नो जिम्मेवारीचाहिँ कति पूरा गर्नुभएको छ ? भनेर प्रश्न गर्नु भएको छ ् । ‘कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाउनुभएका अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्र्दभमा के गर्नुभयो ? १५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ? ओलीको प्रश्न छ ।
अहिले पनि हजारौं कार्यकर्ता जिम्मेवारीविहीन रहेको, तर पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका नेताहरु हात बाँधेर बसेको अध्यक्ष ओलीले बताउनु भएको छ ।
पाँच नेतालाई प्रश्न ः सरकार परिर्वतनको दौडधूप किन ?
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्ने पाँच नेतामाथि कडा प्रश्न गर्नु भएको छ । बोल्दा नीति, विधि, पद्दतिको कुरा गर्ने, तर व्यवहारमा एकलव्य बनेर सरकारमा मात्र अर्जुनदृष्टि लगाएको भन्दै उहाँले नेताहरुलाई प्रश्न गर्नु भएको छ , आफ्नो मान र अभिमान, नियुक्ति र भतिबर््का विषयमा बहस गर्ने, आक्रोस पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौं र ?’
पार्टीमा देखिएको समस्याको जड निश्चित शीर्षनेताहरुको अतृप्त आंकाक्षा बाहेक केही नभएको प्रधानमन्त्री ओलीको निष्कर्ष छ । दशकौं पार्टी चलाइसकेका, प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका नेताहरुको आकांक्षाका कारण कृत्रिम र बलजफ्ती समस्या खडा गरिएको उहाँको दाबी छ ।

आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा अध्यक्ष ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन भनेर प्रश्न गर्नु भएको छ ।
महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविश्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? भन्दै उहाँले प्रश्न गर्नु भएको छ , ‘होइन भने किन सधैंभरि सरकार परिर्वतनको दौडधूप ?’
कसैले ३०र३५ वर्षदेखि हातमा डाडु पन्यू लिने, आफू र आफ्नाहरुलाई पोसिरहने, कोहीले भने भान्सामा हेर्नसमेत नपाउने परिपाटी अन्त्य गर्नुपर्ने भन्दै ओलीले सहमतिका साथ अरु नेताहरुलाई जिम्मेवारी सुम्पने प्रस्ताव समेत राख्नु भएको छ ।
कार्यसूची तय गरेर बैठक बसौं
प्रधानमन्त्री ओलीले २६ भदौको स्थायी कमिटीको निर्णय र अन्तरपार्टी निर्देशन सम्झाउनु भएको छ । २९ भदौमा जारी भएको अपानिमा अध्यक्षद्वयको परामर्शमा महासचिवले बैठकको कार्यसूची बनाउने र बोलाउने, ओली सरकार र प्रचण्ड कार्यकारी अधिकारीसहित पार्टीका काममा केन्द्रित हुने उल्लेख छ ।
त्यही अपानिलाई टेकेर आफूले प्रचण्डलाई कार्यसूची नै तयार नगरी बैठक बस्न मिल्दैन भनेको उहाँले बताउनु भयो । प्रचण्डले आफ्नो ब्रिफिङ सुन्न मन पराउने नेताहरुलाई ‘सचिवालय तेरो गुट हो, त्यसको बैठक नबस्ने, बसेमा पार्टी फुटाइदिन्छु भन्यो’ भनेर ब्रिफिङ गरेको २२ कात्तिकको पत्रबाट बुझेको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नु भएको छ , यस्तो मिथ्या आरोप किन र केका लागि ?’
कार्यसूची तय गरेर बैठक बस्न र मर्यादित ढंगले छलफल गर्न आफू तयार रहेको भन्दै उहाँले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार तोकिएको अवधि (चैत २०७७) मा पार्टीको एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिनु भएको छ ।
पार्टी फुटाउन खोजेको भन्ने आरोप उहाँले स्वीकार गर्नु भएको छ । पूर्वपार्टी बनाउन मात्र होइन, एकीकरणमा पनि आफूले सम्पूर्ण उर्जा खर्च गरेको भन्दै ओलीले आफ्नो भावनात्मक लगाव अरुको भन्दा एक अशं बढी नै भएको दाबी गर्नु भएको छ ।
बरु प्रचण्डले बारम्बर बनाउने र भत्काउने खेलमा आत्मगौरब गर्ने गरेको ओलीले पत्रमा उल्लेख गर्नु भएको छ ।

ल मैले फेरि फकाएँ ‘

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीमा कचपच, सहमति र फेरि कचपचको श्रृखला कहिलेसम्म भनेर प्रश्न गर्नु भएको छ । केही दिनको कचपच, एकखाले सहमति र त्यसको २र४ दिनमा फेरि कमचप हुने गरेको भन्दै उहाँले प्रश्न गर्नु भएको छ , यो तमासाबाट अझै आजित हुनुभएको छैन ?’
प्रचण्डले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गर्नु भएको छ । मुलुकको समृद्धि, जनताको खुशहाली र पार्टीलाई थप समृद्ध बनाउन प्रचण्डलाई फकाउन तयार रहेको भन्दै उहाँले भन्नु भएको छ , ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं

प्रतिक्रिया दिनुहोस