२८ मंसिर, कालिकोट । क्यान्सरबाट बाया खुट्टा नै गुमाईसकेकी कालिकोटको रास्काेट नगरपालिका ८ बड्ढुङ्गाकी ३५ वर्षिय क्यान्सर पीडित बेलपुरा टमट्टाकाे उपचारकाे लागि समाजसेवी टक्क तिरूवाकाे पहलमा आर्थिक सहयोग गर्नुभएको छ ।
हाल भारतकाे बेङ्गलरमा रहनु भएका तिरूवाकाे पहलमा बेलपुरा टमट्टालाई ५२ हजार ८ सय नेपाली रुपैंया क्यान्सर पीडित बेलपुराका श्रीमान धलमल टमट्टाको खातामा रकम जम्मा गरि सहयोग गर्नुभएको हाे ।
लामो समय देखि प्रदेश अस्पताल सुर्खेतमा भर्ना भई उपचाररत बेलपुराको आर्थिक अवस्था कमजोर भएका कारण उहाँको परिवारले जीवन रक्षाको लागि आर्थिक सहयोग अपिल गरेको थियो ।
क्यान्सर पीडित बेलपुराकाे उपचारको लागि देश विदेशबाट विभिन्न सामाजिक संघ–सस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग उपलब्ध गराईरहेका छन् ।
(टक्क तिरूवाले भरतबाट पठाएकाे सहयोग रकमकाे भौचर र लिष्ट यस्तो छ)