प्रणय दिवसकै दिन लगनगाँठोमा कसिए वर्षा र संजोग

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिएका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगले प्रेम दिवसकै अवसर पारेर बिहीबार विवाह गरेका हुन्। उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका छन्।
विवाह समारोहमा सीमित आफन्त, फिल्मकर्मी र साथीभाइको मात्र निमन्त्रण गरिएको बताइएको छ। विवाह कार्यक्रममा मिडियालाई प्रवेश दिइएको थिएन ।
आफन्त र सुभचिन्ताकहरुलाई शुक्रबार उनीहरुले बिहे भोजको आयोजना गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस