२८ असोज, बझाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बझाङका भुकम्पन पीडितलाई राहत हस्तान्तरण गर्नु भएको छ ।
नेकपा महासचिव विप्लवले पीडित र प्रभावितहरुका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीलाई नगद रु. १ लाख र १ सय ओटा कम्बल हस्तान्तरण गर्नु भएको हो ।
जिल्ला प्रशासन कार्यालय बझाङमा आयोजित राहत वितरण कार्यक्रममा भुकम्पको कारण ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका वडा नम्बर
११ निवासी गुनमती धामीको छोरा करण धामीलाई महासचिव विप्लवले रु १० हजार नगद समेत हस्तान्तरण गर्नु भएको थियो ।
गत असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर गएको भुकम्पले जिल्लामा मानवीय तथा भौतिक क्षति भएको थियो
आइतबार आयोजित राहत वितरण कार्यक्रममा नेकपा नेताहरू भगतसिङ सी, समर सी , सुवास सी र अडिग सी लगाएतको सहभागिता रहेको थियो ।