विथोलडाँडा घटनाकी घाईते ७८ वर्षिय प्याउकलीकाे निधन

माघ २, कालीकोट । जनयुद्धको चर्चित माल्कोट विथोलडाँडा घटनाकी घाईते ७८ वषिर्य प्याउकली विककाे शनिबार राति निधन भएको छ ।

बि.स. २०५४ साल चैत २६ गते काेटबाडा बाट जनदमनका लागि माल्कोट पुगेको प्रहरी टोलीकाे गाेलि टाउकोमा लागेर घाइते हुनुभएकी प्याउकली बिककाे शनिबार राति ३: ४० बजे आफ्नै घरमा असमाहिक निधन भएको हाे ।

जनदमनका लागि माल्कोट पुगेको प्रहरीको टोलीलाई मृतक प्याउकली सहितका महिलाहरुले संगठिन रुपमा प्रतिकार गर्दै ढुङ्गा,मुडा प्रहार गरेर लखेटका थिए ।

महिलाहरुले प्रहरीलाई लखेट्दै कोटवाडा र माल्कोट विचको रहगाड्को एउटा ओडारमा थुन्दै आगो लगाएर मारेका थिए भने हतियार खोसेर तत्कालिन जनयुद्ध गरिरहेको नेकपा माओवादीलाई वुझाएका थिए ।

यो घटनामा कोटवाडाका काली वहादुर विकको उच्च साहदत्त भएको थियो भने प्याउकली विक सहित गोरीकला विक, राईले विक, विजया विक, मनसरा विक र पुना विक गरि ६ जना महिला प्रहरीले चलाएको अन्धधुन्ध गोली लागि घाईते भएका थिए ।

सो घटनामा घाईते भएकी मध्य गोरिकला विकको किलो सेरा टु अप्रेसनको वेला २०५५ साल असार ६ गते प्रहरीले हत्या गरेको थियो । घटनामा अर्का घाईते राईले विकको कालगति यस अघिनै मृत्यु भइसकोको थियो । भने साेहि घटनाकी घाईते प्याउकली बिककाे शनिबार राति निधन भएको नेकपा नेता अर्जुनले जानकारी दिनुभएको छ । घटनाका बाँकी घाइते विजया, मनसरा र पुना विक हाल सम्म जीवितनै हुनुहन्छ ।

कार्तिक महिनामा आफ्नै गृह जिल्लाको जन्मथलो माल्कोटमा पार्टी प्रशिक्षणका लागि पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले मृतक प्याउकलीलाई घरमै पुगेर भेट्नु भएको थियो ।

प्रवक्ता प्रकाण्डले भेटका अवसरमा प्याउकलीको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिदै जनयुद्धको महान आमा हुनुहन्छ भनि पार्टीको तर्फवाट वधाई तथा धन्यवाद दिनु भएको थियो ।

प्याउकलीले आफुलाई भेट्न आएकोमा प्रकाण्डलाई धन्यवाद दिर्दै अधुरो क्रान्ति पुरा गर्न सुझाव दिनु भयो । हाम्रो शरिरको रगत वगेकोे छ त्यत्तिकै खेर जान नदिनु वावु ! प्याउकलीले प्रकाण्डलाई भन्नु भयो । प्रवक्ता प्रकाण्डले आमाको सुझावलाई आत्मसात गर्नेछौ र रगत खेर जान दिदैनै भनेर प्रतिबद्धता गर्नुभएको थियो ।

मृतक प्याउकलीका एक छाेरा, एक छाेरी गरि दुई सन्तान रहेका छन भने एक बुहारी, तीन नाति र एक नातिनी रहेका छन ।

प्रतिक्रिया दिनुहोस