बैशाख ३, कालिकाेट । कालिकोटको पलाँता गाउँपालिकाले आफ्नै स्वामित्वमा एफ. एम. रेडियो सञ्चालनमा ल्याएको छ ।
गाउपालिकाको लगानीमा पलाँताले आफ्नै स्वामित्वको एफ एम रेडियो सोमबारबाट परीक्षण प्रसारणमा ल्याएको छ । रेडियोको स्टुडियोमा एक कार्यक्रमको आयोजना गरी रेडियो पलाँता एफ. एम. ९०.३ मेगाहर्जको परिक्षण प्रशारण आरम्भ गरिएको हो । पलाँता गाउँपालिकाको लागानीमा रेडियो पलाता संचालन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिनुभयो ।
जिल्लाका अन्य संचारमध्यमका साधनहरुले पलाँताका नागरिकहरुलाई प्रभावकारी संचार सेवा प्रवाह कठिन भएको नागरिकहरुको गुनासोलाई मध्यनजर गदै पलाँतामा गाउँपालिकाले आफ्नै लगानी र व्यवस्थापनमा एफ. एम. रेडियो संचालन गरिएको अध्यक्ष बमले बताउनुभयो । उहाँले रेडियोका साथै अन्य वाक्के टोयाक्के सञ्चार सेट यसभन्दा अगाडी सुरु गरेको पनि वताउनुभयो ।
गाउँपालिकाले नागरिकको सूचनाको हक परिपुर्ति गर्न संचारमा लगानी गरेको बमको भनाइ छ । परिक्षण प्रशारण सुरु भएपछि स्थानीय रेडियो सुन्दै खुशी साँटासाट गरिरहेको रेडियोका प्रस्तोता सुमन कुमार बमले वताउनुभयो । रेडियो पलाँता कालिकोटका साथै बाजुरा,जुम्ला, र मुगुका केही स्थानीय तहमा सुनिने बताइएको छ ।
स्थानीय तहलाई अधिकार दिएपनि कालिकोटमा एफएम रेडियो संचालन गर्ने पलाँता गाउपालिका पहिलो हो । यसभन्दा अगाडी जिल्लाको सान्नीत्रिवेणी गाउपालिकाले पनि एफ एम रेडियो दर्ता गराएर सामान गाउपालिकामा पुगाएपनि हाल सम्म टावर सम्म वनाउन सकेको छैन । तीन महिनामा सबै प्रक्रिया पुरा गरेर पलाँताले एफ एम सञ्चालन गर्न सफल भएको पलाँता सञ्चार केन्द्रका अध्यक्ष पत्रकार भरतराज बिष्टले वताउनुभयो । रेडियो पलाँता पलाँता सञ्चार केन्द्रवाट सञ्चालित रेडियो हो ।