खुला रचना वाचन कार्यक्रम सम्पन्न

बैशाख ३, कालिकाेट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ प्रतिमा चोकमा खुला रचना वाचन कार्यक्रम आज सम्पन भएको छ ।

सुदुर कर्णाली साहित्य समाजको आयोजनामा सम्पन भएको रचना बाँचन कार्यक्रमा दुई दर्जन जतिले रचना बाचन गरेका हुन । रचना वाचन कार्यक्रममा कालिकोट, अछाम र दैलेख जिल्लाका सर्जकहरुले आफ्ना रचना गजल, मुक्तक र कबिता वाचन गरेका थिए ।

साहित्यकार नबिन संघर्षको अध्यक्षता, साहित्यकार दुर्ग प्रसाद काफ्लेको प्रमुख आतिथ्यता, रेडियो नयाँ कर्णाली एफ एमका स्टेसन म्यानेजर तथा साहित्यकार भरत राज बिष्टको बिषेश आतिथ्यता रहेको थियो ।

रचना वाचनमा सहभागि लाई प्रमाणपत्र समेत प्रदान गरेको सुदुर कर्णाली साहित्य समाजका सदस्य ललित बिष्टले जानकारि दिनु भएको छ । सुदुर कर्णाली साहित्य समाजले अमिन बोहोरा अभ्यासको अध्यक्षतामा १५ सदस्यीय नयाँ समितीको पनि गठन गरेको बाताईएको छ ।

प्रतिक्रिया दिनुहोस