साउन ३१, चितवन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै उहाँका समर्थकहरूले शुक्रबार चितवनमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ ।
अदालत लगियो रवि लामिछानेलाई
न्यूज २४ काकार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।
उहाँहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उहाँहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो ।