दलाल पुँजीवाद पूर्ण असफल भएकाले समाजवाद चाहिन्छः एटम सी


३१ भदौ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज एटम सीले नेपालमा दलाल पुँजीवाद पूर्ण रुपमा असफल भएकाले समाजवाद अनिवार्य भएको बताउनु भएको छ ।

समाजवादी सम्पर्क मञ्च कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा सोमवार आयोजना गरेको ‘समाजवाद र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै नेता एटमले दलाल पुँजीवादी सत्ता असफल भएकाले समाजवाद अनिवार्य भएको बताउनु भएको हो ।

उहाँले बर्तमान राज्य प्रणालीबाट देशको कुनै पनि क्षेत्र सन्तुष्ट नभएको भन्दै समाजवादले मात्र समस्या समाधान दिने बताउनु भयो । उहाँले संविधान संसोधनका नाममा प्राप्त उपलब्धीहरुलाई सेवोटेज गरिए दुई ठुलादलले महङ्गो मूल्य चुकाउनु पर्ने चेतावनी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता वसन्त विश्वकर्माले संविधान संशोधनको नाममा प्रतिगमन भए प्रतिवाद गर्नु पर्ने बताउनु भयो । उहाँले समाजवादी व्यवस्था सबै कम्युनिष्टहरुको लागि कुनै नयाँ कुरा नभएको भन्दै त्यसतर्फ जान आवश्यक भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस