कालिकोट तिलागुफाकी एक महिला भेरी नदीमा हामफालेर वेपत्ता

३१ भाद्र,सुर्खेत । कालिकोट तिलागुफा नगरपालिका ६ घर भएकी एक महिला भेरी नदीमा हामफालेर वेपत्ता हुनु भएको छ । वेपत्ता हुनेमा ३१ वर्षीया महिला अमिला दमाई रहनु भएको छ ।

बिहीबार दिउँसो उहाँले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हामफाल्नु भएको थियो । नदि किनारमा रहेका मलामीहरुले उहाँलाई हामफालेको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाबाट गएको टोलीले घटनास्थलमा भएका कागजातका आधारमा उहाँको पहिचान पुष्टि गरेको हो ।
घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ । प्रहरीले नदीमा हाम फालेर वेपत्ता हुनु भएकी अमिलाका दाजु प्रकाश परियारसँग फोन सम्पर्क गरेको छ ।

उहाँका दाजु प्रकाशले आफ्नो बहिनी भएको प्रहरी समक्ष बताउनु भएको छ ।
नदीमा वेपत्ता हुनु भएकी अमिलाको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

नदीमा पानीको बहाव उच्च रहेकाले भेटाउन मुश्किल भएको घटनास्थलमा खटिएका प्रहरीको भनाई छ । अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस