कालीकोटमा पनि वन्दको प्रभाव, वन्दमा सहयोग गर्न नेकपा कालीकोटको आह्वान


३० कार्तिक, वाँके । विप्लव नेतृत्वको नेकपा कालीकोटले सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध आफ्नो पार्टीले आज आह्वान गरेको नेपाल बन्दमा सहयोग गर्न कालीकोटवासीलाई अपिल गरेको छ ।

नेकपाका जिल्ला सेक्रेटरी रणदिपले एक वक्तव्य जारी गर्दै यस्तो अपिल गर्नु भएको हो । वक्तव्यमा वन्द कार्यक्रमलाई सफल पार्न सम्पूर्णउद्यमी,व्वसायी,यातायातकर्मी,शिक्षक,कर्मचारी,वुजिजीवी,व्यापारी,सरकारी तथा गैरसरकारी कार्यालय,राजनीतिक दल,नागरिक समाज,पत्रकार,सवैमा सहयोग गरिदिन हुन अपिल गर्दछौ भनिएको छ ।

नेकपाको यो अपिल संगै कालीकोट जिल्लामा वन्दको प्रभाव विहानै देखि परेको छ । वजार,शिक्षण संस्था र संघ सस्था तथा यातायातका साधन वन्द भएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस