समस्याको जड केपी ओलीको अहंकार र व्यक्तिवाद ः माधव नेपाल

४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताउनु भएको छ ।
आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताउनु भयो ।
ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताउनु भयो । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उहाले भन्नु भयो ।
ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भन्नु भयो ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्नुभयो ।’
ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उहाले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाउनु भयो ।
‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो’ नेता नेपालले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस