एक सय दलित वालवालिकालाई छात्रबृद्धी

चैत्र ४, कालिकोट । कालिकोटमा एक गैरसरकारी सस्थाले लक्षित वर्गका एक सय जना दलित वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको छ ।

नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना दलित समुदायका वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको हो । मान्ममा आयोजित एक कार्यक्रमका बिच साविकका दाँहा, भर्ता, सुकाटिया, मान्म र कालिकामुग्रा गाबिसका एक सय वालवालिकालाई छात्रबृद्धी प्रदान गरिएको हो ।

बिषेश लक्षित समुह भित्रका कक्षा ६ देखि ८ सम्म अध्यानरत ३२ जनालाई मासिक चार सयका दरले छात्रबृद्धी प्रदान गरिएको छ । बिषेश लक्षित समुह भित्रकै कक्षा ९ र १० मा अध्यानरत २२ जनालाई मासिक पाँचसय, बिषेश लक्षित वर्ग कै कक्षा ११ र १२ का ५ जना छात्र छात्रालाई मासिक १२ सयका दरले छात्रबृद्धी प्रदान गरिएको छ ।

अति जोखिममा रहेका कक्षा ११ र १२ मा अध्यानरत तीन जना वालवालिकालाई मासिक १४ सय, नमुना बिद्याथीहरु कक्षा ११ र १२ मा अध्यानरत ५ जनालाई मासिक १२ सय, अति जोखिममा रहेका वालवालिका कक्षा १ देखि ८ सम्म अध्यानरत २३ जनालाई मासिक पाँच सयका दरले छात्रबृद्धी प्रदान गरिएको छ ।

यस्तै छात्र बृद्धी पाउनेमा स्नातक तहका बिद्याथी पनि रहेका छन । स्नातक तहका नमुना बिद्याथी दुई जनाईलाई मासिक २ हजारका दरले प्रदान गरिएको छ । प्राबिधिक तर्फका एक जनालाई दुई हजार, स्नातकउत्तर पढ्ने एक जनालाई मासिक २५ सयका दरले छात्रबृद्धी प्रदान गरिएको नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जनाएको छ ।

सेभ्द चिल्ड्ेनको सहयोग तथा नेपाल दलित समाज कल्याण संघ कालिकोटको सहजिकरणमा सञ्चालित कार्यक्रमवाट एक सय जना दलित समुदायका वालवालिकालाई छात्रबृद्धी बितरण गरिएको हो । सस्थाका अध्यक्ष जयवहादुर बिश्वक्रर्माले समाजमा निकै जोखिममा रहेका वालवालिकालाई प्रत्येक वर्ष यसरी नै छात्रबृद्धी प्रदान गदै आएको वताउनुभयो ।

उहाँले वर्षमा चार चरणमा तीन तीन महिनाको फरकमा विरतण गर्ने गरिएको एक किस्तामा मात्र एक लाख ८६ हजार ८ सय रुपैया छात्रबृद्धी वितरण गर्ने गरिएको वताउनुभयो । वर्षभरी ७ लाख ४७ हजार २ सय रुपैया प्रदान गरिन्छ ।

यो सबै रकम सेभ्द चिल्ड्ेनवाट प्राप्त हुन्छ । छात्रबृद्धी बितरण कार्यक्रममा सहभागी खाडाँचक्र नगरपालिका वडा नं ४ का वडा अध्यक्ष धनसिहं बिकले आफु दलित बिपन्न परिवार भएकै  कारणले पढाई बाट बन्चित भएकाले आफुले जस्तै अरु दलित वालवालिका पनि शिक्षा बाट बन्चित नहोस् भनेर आफ्नो सेवा सुबिधावाट वार्षिक रुपमा उत्कृष्ठ हुने १० जना दलित वालवालिकालाई पुरुस्कार प्रदान गर्ने घोषणा गर्नु भयो । साथै उहाँले दलित समुदायमा उमेर नपुग्दै विवाहा गर्नेहरुको संख्या बढी देखिएकाले यसको न्यूनीकरणका लाई २० वर्ष पुगि बिवाहा गर्ने दलित छात्र छात्रालाई समेत पनि आफ्नो तर्फवाट पुरुस्कृत गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रम अधिकृत गोरख नेपालीका अनुसार यस कार्यक्रमले बिगत २०७० साल वाट दलित वालावालिकालाई छात्रबृद्धी दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस