एमसीसी खारेजीको माग गर्दै श्रमिक समुदाय मोर्चा कालिकोटको प्रदर्शन

४ चैत्र,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालले आज कालिकोटमा राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत जिल्लामा विरोध प्रदर्शन गरिएको हो ।

पचालझरनाको लाफा गाउँमा प्रदर्शन सहित सुरु भएको विरोध र्याली चुलिमालिकाको विद्यालय प्राङ्गणमा पुगी कोणसभा परिणत भएको थियो ।

प्रदर्शनमा जिल्ला सेक्रेटरी रणदिप, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य सरोज विक, पचाल झरना गाउँ कमिटी इन्चार्ज दिलमान, सेक्रेटरी तखत, पदम बम, युवा संगठनका केन्द्रीय सदस्य मिनेश, कल्पना लगायतका नेता तथा कार्यकर्ता र जनताको सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले असफल संसदीय व्यवस्था संसदले जसरी राष्ट्रघाती एमसीसी जबरजस्त पास गराएर राष्ट्रघातीको परिचय दिएकाले राष्ट्रघाती दलालहरुको उक्त योजनालाई कुनै पनि हालतमा कार्यन्वयन हुन नदिने ठोकुवा गर्नु भयो ।

साथै देशको रक्षा गर्ने काम राष्ट्रवादीहरुको भएकाले सम्पूर्ण राष्ट्रदीहरुको एकता जरुरी रहेको आवश्यकता औल्याउनु भयो । श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला संयोजक हस्त विकको सभापतित्व भएको कोषसभाको संचालन हिमचुलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस