आजदेखि २० दिनसम्म जुम्ला विमानस्थल बन्द गरिने

बैशाख ५, जुम्ला । जुम्लाको एकमात्र विमानस्थल आज देखि २५ वैशाखसम्म बन्द हुने भएको छ ।

विमानस्थलको थप स्तरोन्नत्तिका लागि आवातजावत बन्द हुने भएको हो । गत ८ कात्तिकदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । तर पछि यसलाई पुनः सञ्चालन गरिएको थियो ।

जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार यसअघि नसकिएको स्तरोन्नत्ति पूरा गर्न अहिले विमानस्थल बन्द गर्न लागिएको हो । जहाज अवतरणमा समस्या आउन थालेछि निर्माण कार्य शुरु गरिएको उनको भनाइ छ ।

स्तरोन्नति कार्यलाई छिटो सकाउनका लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको हो । अहिले विमानस्थलको पार्किङमा घाँस उम्रेको मात्र छैन, रनवेको कालोपत्रे पनि उप्किन थालेको छ । जुम्लामा सुर्खेत र नेपालगञ्जबाट हवाई सेवा सञ्चालन हुने गर्छ । ।जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस