१ कार्तिक,कपिलवस्तु । झण्डै दुई बर्ष जति जेल जीवन विताउनु भएका नेकपा भोजपुरका जिल्ला सदस्य विकास राईलाई नेकपाको नवौं महाधिवेशनमा अभिनन्दन गरिएको छ । नेकपाका महासचिव विप्लवले नवौं महाधिवेशनको बन्दसत्रमा उहाँलाई खादा ओढाएर अभिनन्दन गर्नु भएको हो ।
राईलाई दलाल सत्ताको भोजपुर प्रहरीले २०७७ साल मंसिर ८ गते भोजपुर जिल्लावाटै गिरफ्तार गरेको थियो । राईलाई जिल्ला अदालत भोजपुरले हातहतियार खरखजना मुद्धामा दुई वर्षको सजाय तोकेको थियो ।
नेकपाको कार्यकर्ता भएकै कारण प्रहरीले उहाँलाई पक्राउ गरी आफ्नै हतियारको फोटो खिचेर झुट्टा मुद्धा दर्ता गरेको थियो ।
अदालतले दुईबर्षको सजाय तोकेपनि संविधान दिवसको अवसरमा २ महिना सजाय छुट गर्दै २२ महिना पछि राईलाई २०७९ साल असोज ३ गते मुक्त गरेको थियो ।
महासचिव विप्लवले अभिनन्दनका क्रममा जेल भनेको पनि क्रान्तिको एउटा मोर्चा भएको भन्दै क्रान्तिको फरक मोर्चाको अभिभारा पुरा गरेर आएकोमा राईलाई हार्दिक वधाई सहित धन्यवाद ज्ञापन गर्नु भयो ।
सरकारले तीन बँुदे सहमति लागु नगर्दा अहिले पनि नेकपाका धेरै नेता कार्यकर्ता जेलमा छन ।