कसले गर्ने राष्ट्यि फुल लालीगुराँशको संरक्षण

चैत्र ५, कालिकोट । नेपालको राष्ट्यि फुल हो पहाडमा फुल्ने लालीगुराँश । सुरु देखि नै राष्ट्यि फुलका रुपमा लाली गुराँशलाई लिदै आएको छ । राज सस्था हटाउन भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलन पछि भएको संबिधान सभाले पनि संबिधान घोषणा गर्दा राष्ट्यि फुल लालीगुराँशलाई सर्वसमतिले पारित गरियो ।

राष्ट्यि जनावर गाई वनाउने कुरामा वरु केही छफलफ भएपनि फुल, राष्ट्यि चराका बिषयमा केही छलफल सम्म पनि भएन । तर जो विना बिवाद अनुमोदन भयो र संबिधानमा लेखियो उ नै आज संरक्षण अभावमा मासिदै जानु परेको छ । पहाडमा फुल्ने लाली गुराँश टिप्नेहरुको आज भोली जङगलमा लस्करै लाग्ने गरेको छ ।

यसको संरक्षण कसले गर्ने भन्ने वारेमा सरकारी निकाय पनि बेखवर जस्दै देखिन्छन । सरकारी निकायले आयोजना गरेका कार्यक्रमहरुमा समेत राष्ट्यि फुलको चरम दुरुपयोग भएको पाइन्छ ।

सभा सम्मेलनमा राष्ट्यि फुल लाली गुराँशका हाँगा भाचेर गेटमा टंगाईएका हुन्छन भने मञ्चमा वस्ने अतिथिहरुले समेत लाली गुराँशका माला पैरेका हुन्छन । माला पैरनु राम्रो पक्ष हो । तर फुल मासिदै गएको प्रति कसैलाई पनि चिन्ता छैन । गेट सजाँउने देखि मञ्च सिगार्ने सम्म लाली गुराँश फुलको प्रयोग भएको पाइन्छ ।

वनमा शनिवार र बिदाको दिन घुम्न गएका युवा युवती तथा वयस्कहरुले समेत फुललाई टिपेर बिभिन्न आकारका चित्र वनाउदै त्यसैको पर्दा वनाएर फोटा सुट गरिरहको हुन्छ । पहाडवाट तराइमा झर्ने यातायातका साधनको अगाडी भरी राष्ट्यि फुल लालीगुराँशले ढाकिएको हुन्छ । आखिर राष्ट्यि महत्वका वस्तुको संरक्षण राष्टले गर्नु पर्ने हो । राष्ट भनेकै सरकारका प्रतिनिधिहरु हुन भन्ने जनमानसमा बिश्वास छ र हुन पनि ।

तर उहाँहरु वाटै राष्ट्यि महत्वका वस्तुको दुरुपयोग हुदा निकै अच्चम लाग्ने गरेको स्थानिय पुजारी चयचन्द्र अधिकारीले वताउनुभयो । यसको संरक्षणले सरकारका प्रतिनिधिहरुले गर्नु पर्ने हो । तर उहाँहरु वाटै यसको सदुपयोगको नाममा दुरुपयोग भएको पाइन्छ । सबै जसो कार्यक्रममा आज भोली राष्ट्यि फुल लालीगुराँशको प्रयोग भएको छ ।

शुुक्रबार मात्र तिलाकर्णाली वहुमुखी क्याम्पस हस्तान्त्रण कार्यक्रममा सहभागी भएका मध्यमपश्चिम बिश्वबिद्यालयका उपकुलपति सहितका बिशिष्ठ ब्यक्तिले त्यही लालीगुराँशका माला पैरेका थिए । अव कसले र कसरी संरक्षण गर्दा राष्ट्यि फुल जोखिन्छ यसका बिषयमा सरकारले चाडै निर्देशन दिन जरुरी छ । नत्र भने बिस्तारै यसका बिरुवा समेत लोभ हुने खतरा छ ।

प्रतिक्रिया दिनुहोस