गौतम बुद्द नेपालमा जन्मेका हुन भन्दै स्विडेनमा बुद्ध जयन्ती सम्पन्न (फोटो फिचर)

जेठ ०५, स्विडेन । एनआरएन स्विडेनले गौतम बुद्धको २५६३ औं जन्म जयन्तीको अबसरपारी दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम १६ मईका दिन स्विडेनको राजधानी स्टकहोल्ममा सम्पन्न गरेको हो ।

 

 

गौतम बुद्ध नेपालमा जन्मिएका हुन् (Buddha Was Born in Nepal) लेखिएको प्ले-कार्ड, लगाएत बुद्ध सम्बन्धि लेखेका पर्चाहरु पम्प्लेटहरु बोकेर, सेन्टर स्टेसन हुँदै पैदल यात्रागरि कुङ्गस्ट्रड गार्डेनमा पुगेर दिप प्रज्वलन गरि कार्यक्रम सम्मपन भएको स्विडेन एनआर एन अध्यक्ष अर्जुन श्रेष्ठले बताउनु भयो । सोहि समयमा बुद्ध सम्बन्धि पर्चा पम्प्लेटहरु वितरणगरि प्रचारप्रसार समेत गरिएको थियो ।

एनआरएन स्विडेनको आयोजनामा भएको बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण स्विडेनबासि दाजुभाई, दिदि बहिनिहरुलाई गैर आवासिय नेपाली संघ स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठले धन्यबादका साथै आभार समेत व्यक्त गर्नु भएको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्दै संसारभर शान्तिको संदेश फैलाउने उद्देश्यका साथ प्रत्यक बर्ष गैर-आवासीय नेपाली संघ, स्वीडेनले बुद्ध जयन्ती मनाउदै आईरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस