माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा, साइवर क्राईम मुद्धा हाल्ने शाहीको चेतावनी

६ चैत्र,कालिकोट । कालिकोटमा नेकपा माओवादी केन्द्रमा चर्को विवाद उत्पन्न भएको छ ।

एक अर्काको भण्डाफोर गर्ने र धम्की दिने जस्ता कार्यहरु उत्कर्षमा पुगेका छन । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय सदस्य रत्न कार्की आफू माथि पार्टी नेताले धम्की दिएको भन्दै पत्रकार महासंघको शरणमा समेत पुग्नु भएको छ ।

पार्टी भित्रको असन्तृष्टि कार्कीले फेसवुक मार्फत सार्वजनिक रुपमा पोख्न थालेपछि पार्टीका प्रदेश सचिव धनजीत शाहीले त्यसो नगर्न चेतावनी दिनु भएको थियो ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य समेत रहनु भएका कार्कीले सार्वजनिक रुपमै पार्टीमा ठकुरीवाद हावी भएको जस्ता चर्को आलोचना गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

रेडियो प्रदेश आवाज समेत चलाई रहनु भएका कार्कीले पार्टी सचिव शाहीले आफ्नो रेडियो तोडफोड गर्ने सम्मको धम्की दिएको आरोप समेत लगाउनु भएको छ । कार्कीले सुरक्षाको माग गर्दै पत्रकार महासंघ तथा प्रहरी प्रशासन समक्ष गुहार्नु समेत माग्नु भएको छ ।

तर नेकपा माओवादी केन्दका प्रदेश सचिव धनजीत शाहीले भने आफूले धम्की नदिएको आफ्नो चरित्र हत्या गर्ने कार्य गरिएकोमा रत्न विरुद्ध साइवर क्राइमको मुद्धा हाल्नु पर्ने अवस्था आएको वताउनु भएको छ ।

पार्टीको प्रदेश कमिटिमा नपरेकै कारण असन्तुष्टि भएका कार्कीले पार्टी माथि विभिन्न लान्छना लगाएको शाहीले वताउनु भएको छ ।
पदको वार्गेनिङ्गका लागि कसैको चरित्र हत्या गर्ने कार्य हुन्छ भने कार्की विरुद्ध आफू साईवर क्राईम मुद्धा हाल्ने शाहीले चेतावनी दिनु भयो ।

ज्वाला खवर संगको कुराकानीमा नेता शाहीले भन्नु भयो “आफूलाई वडामा हराइदिन्छु भन्ने , ठकुरीवाद भयो भन्ने ,प्रदेश कमिटिमा लिनु पर्छ भन्दै वार्गेनिङ्ग गर्ने जस्ता घृष्णित काम रत्नले गरेका थिए । पार्टी विरुद्ध त्यसो नगर्नु भन्दा मेरो चरित्र हत्या गर्ने, कतिपय ठट्टाका कुरा मुद्धा गर्ने कार्य गर्दैछन । यो आपत्तिको विषय हो । कार्यकर्ता विरुद्ध के लाग्ने भनेर चुप्प भएको हु । अव नसुधारिए साइवर क्राईम मुद्धा हाल्छु ।”

प्रतिक्रिया दिनुहोस