कञ्चन सुदर्शनलाई आत्मालोचित भएर पार्टीमा फर्किन विप्लवको आग्रह

६ असार,जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासिचव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो अराजकता प्रति आत्मालोचित हुदै पार्टीमा फर्किन कञ्चन र सुदर्शन समुहलाई आग्रह गर्नु भएको छ ।

कर्णालीको जुम्लामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सोमवार संवोधन गर्दै महासचिव विप्लवले चुनावको कार्यनीतिलाई संसदवाद देख्नु र पार्टी फुटाउनु क्रान्तिकारी नहुने स्पष्ट पार्नु भयो ।

महासचिव विप्लवले दसौं केन्द्रीय समितिको वैठकमा चुनावमा जानु पर्छ कि भनेर कञ्चन र सुदर्शन जीले नै प्रस्ताव गरेको खुलासा गर्दै चुनावकै विषय वनाएर अहिले पार्टी फुटाउनु जाहेज नभएको वताउनु भयो ।

उहाँले चुनाव साहायक कुरा हो उहाँहरु दुवै जनामा विचारमा नै विचलन आउनु र दुष्टिकोणमा नै त्रुटि हुुनुले पार्टी फुटाउनु भएको ठोकुवा गर्नु भयो ।
महासचिव विप्लवले चुनाव प्रयोगले संसदवादी देख्ने साथीहरुले २०४८,२०६४ र २०७४ सालमा किन नदेखेको भनि प्रश्न गर्नु भयो । उहाँले क्रान्तिको फाईदाका लागि कहिले चुनाव प्रयोग हुन सक्छ भने कहिले चुनाव वहिष्कार हुन सक्छ भन्नु भयो ।

उहाँले इतिहासमा लेनिनले पनि चुनाव प्रयोग गरी क्रान्तिकारी फाईदा लिनु भएको कुरा कोट्याउदै नेपालमा पनि क्रान्तिको फाईदाको लागि चुनाव प्रयोग हुदै आएको प्रट्याउनु भयो ।

उहँले भन्नु भयो “यसलाई संसदवादी देख्ने साथीहरुले पार्टीमै वसेर वहस गरेपनि हुन्थ्यो किन ? एक हप्ताकै संघर्ष वाट झोला वोकेर भागेको होलान ।”
उहाँले रणनीति कार्यनीति र कार्यदिशामा कुनै अन्तर नभए पछि र सच्चा हिसावले क्रान्ति गर्ने मनसाय भए पार्टी अलग हुन नपर्ने वताउनु भयो ।


महासचिव विप्लवले भन्नु भयो “अभै पनि उहाँहरुलाई सच्चिएर पार्टीमा फर्किन आग्रह गर्छु । कमिकजोरीको समिक्षा गर्न सकिन्छ । तर पार्टी फुटाउने र क्रान्ति विरुद्ध लाग्ने कुरा स्वीकार गर्न सकिदैन ।”

महासचिव विप्लवले पार्टी अनुशासनमा वस्नुहोस,वाहिर जथावाभी नवोल्नुहोस,भन्दा उहाँहरु उग्रहुदै जानु भयो,,वाध्य भएर पार्टीले जिम्मेवारी वाट हटाउने निर्णय गरेको हो भन्नु भयो
महासचिव विप्लवले जनयुद्धका वेला कर्णालीको आधार क्षेत्र र क्रान्तिको लागि उर्वर आधारभूमि भएकोले पनि अधुरो क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्तिको वाटोमा लाग्न कार्यकर्तालाइृ निर्देशन दिनु भयो ।

महासचिवले आफ्नो पार्टी कहिल्यै र कुनैपनि हालतमा संसदवादी नहुने प्रतिवद्धता जनाउदै क्रान्तिकारी विचार पार्टी र लाईनको पक्षमा दृढ र कठोर रहेको वताउनु भयो ।
उहाँले कञ्चन र सुदर्शन जीले छुट्टै क्रान्तिको कुरा गर्नु भ्रम मात्र हुने र २०७४ मा संसदीय चुनावको अभ्यास गरेको मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादी पार्टीमा अव छिट्टै विलय हुने ठोकुवा गर्नु भयो । उहाँले आजको विश्वमा क्रान्ति अनिवार्य भएको ,समय पनि अनुकुल भएको र आफूले विश्वको व्याख्या गरेअनुसार नै विश्व एकधुव्रीयमा नभई वहुध्रवीयमा विभाजित भएकोे दावी गर्नु भयो ।

महासचिव विप्लवले क्रान्तिको अनुकुल परिस्थितिलाई वुझदै क्रान्तिकारी एकता अनिर्वाय भएको र सवै क्रान्तिकारी एक हुनु पर्ने वताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा साविकको कर्णालीका चार जिल्ला कालिकोट,जुम्ला,मुगु र हुम्ला जिल्लाका गरी करिव २०० वढी अगुवा कार्यर्ताहरुको सहभागीता रहेको छ । कार्यक्रममा नेकपाका सचिवालय सदस्य संतोष वुढामगर,केन्द्रीय सदस्य भरत वम (रणवीर),केन्द्रीय सदस्यलआदर्श लगायतका नेताहरुको समेत सहभागीता रहेको छ ।

केन्द्रीय सदस्य रणवीरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चाज कर्ण भण्डारी (विराट)ले गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस