सिंहदरबार भित्रै नासुले गरे आत्महत्या

भदौ ०३, काठमान्डौ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी आफ्नै कार्यालयको कोठामा मृत भेटिनु भएकाे छ  मंगलबार बिहान उहाँले विष सेवन गरी आ’त्मह’त्या गरेको शंका गरिएको छ।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारकाे टाेलीले शवको मुचुल्का उठाएकाे हाे । वृत्तका डिएसपी काैशल बुढाथाेकीकाे नेतृत्वमा रहेकाे टाेलि घटनास्थलमा पुगेकाे िथयाे ।

नासु केसी गएराति कार्यालयमै बसेको र उहाँले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। योजना आयोगका एक कर्मचारीका अनुसार मंगलबार कार्यालय खुलेसँगै उहाँको मृत्युको विषय खुलेको हो।

१० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत अवस्थामा देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गर्ने काम भएको थियो।

प्रतिक्रिया दिनुहोस