नेकपा (माओवादी) महासचिव विप्लव र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

४ कार्तिक, काठमाडौ । नेकपा (माओवादीका महासचिव विप्लव र प्रधानमन्त्री सुशिला कार्कीबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादीका महासचिव विप्लव पार्टी प्रवक्ता प्रकाण्डका साथ विहिवार साँझ प्रधानमन्त्री कार्कीलाई भेट गर्न वालुवाटार पुग्नु भएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा चुनाव गर्न सजिलो नभएको बारे छलफल भएको छ ।
नेकपा (माओवादी) निर्वाचन आयोगमा दर्ता भएपछि माओवादी नेताहरु प्रधानमन्त्री कार्कीलाई भेट गर्न पहिलो पटक वालुवाटार पुगेका हुन ।
भेटवार्तामा जेनजीहरुका मागहरु पुरा गरी निर्वाचनको वातावरण बनाउनमा सरकार जिम्मेवार हुनुपर्ने माओवादी महासचिव विप्लवले बताएको श्रोतले जानकारी दिएको छ ।
भेटवार्तामा निर्वाचनको वातावरण बन्न नसकेको, सर्वपक्षिय सरकार बनाईनु पर्ने, जेनजीका मागहरु पुरा गर्नुपर्ने लगायतका समसामयिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री कार्कीले भेटवार्ता सकरात्मक भएको र चुनावको वातावरण बनाउनेवारे कुरा भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस