कालिकोटमा ट्याक्टर दुर्घटना चार जनाको मृत्युु

८ बैशाख, कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाको लार्फ गाउँ नजिकै ट्याक्टर दुर्घटना हुदा चार जनाको मृत्युु भएको छ ।
आइतबार राति थिर्पूबाट खाद्यान्न लिएर खिन हुदै धौलागोह जाँदै गरेको ट्याक्टर राति ११ः३० बजे पलाँता गाउँपालिका – २ लार्फ गाउँ नजिकै दुर्घटना हुदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्युु हुनेमा पलाँता गाउँपालिका ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै चालक सहित चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । ट्याक्टर दुई सय मिटर तल खसेकाले ट्याक्टरको नम्बर समेत पत्ता लगाउन कठिन भएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस