दाङमा सुकुम्बासीका जिर्ण घर बनाउदै ः विप्लव नेकपा

६ साउन, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले सुकुम्वासीहरुको जिर्ण भएका घरहरु वनाउन थालेको छ ।
जिल्लाको लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढ सुकुम्बासी वस्तीमा बसोबास गर्ने सुकुम्वासीहरुको घर वनाउन थालेको हो ।
नेकपाले सो वस्तीका रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ ।

वस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जिर्ण अवस्थामा पुगेको भन्दै नयाँ घर निर्माण गर्न लागिएको नेकपा दाङले जनाएको छ ।

घर निर्माण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला विशेष समिति सदस्य विक्रमले समाजलाई सामूहिक चेतनाको विकास गर्दै वैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घरटहरा निर्माण गर्ने अभियानमा लागेको बताउनु भयो ।

वैज्ञानिक समाजवादी राज्य व्यवस्था जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था भएको उहाको भनाई थियो ।
उहाँले भन्नु भयो हामी जनमत संग्रहको व्यवस्था चुन्ने निर्वाचनमा भाग लिन्छौ,संसदीय व्यवस्थाको व्यक्ति र पार्टी चुन्ने चुनाव होइन’ । उहाले संसदीय व्यवस्था भनेको शासकहरुले जनतामाथि शोषण, दमन, लुटपाट गर्ने साधन भएको धारणा राख्नु भयो ।


कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले आफूहरु नयाँ ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको धारणा व्यक्त गर्नु भयो ।

उहाले सुकुम्बासी वस्तीमा बसोबास गर्ने जनताहरु र आफ्नो पार्टीबिच नङ र मासुको सम्बन्ध भएको बताउँदै कसैले यो वस्ती हटाएर जनतालाइ बिचल्लीमा पार्ने दुष्साहस नगर्न चेतावनी पनि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस