मरिगए हुन्थ्यो भन्नेलाई प्रधानमन्त्रीको चुनौती– आउँदो चुनाव सामना गर्न तयार भए हुन्छ

 भदौ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मरिगए हुन्थ्यो भन्नेहरूलाई अर्को चुनाव सामना गर्न तयार रहन आग्रह गर्नु भएकाे छ ।

आफू अझै १५ वर्ष अखडामा रहने उहाँले बताउनु भएकाे छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै खण्डन गर्नु भयाे ।

स्वास्थ्य परीक्षणका लागि आफू भोलि सिंगापुर जान लागेको प्रधानमन्त्रीले जानकारी दिने भयाे ।

‘अचम्म लाग्छ ! विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भन्छन्’ उहाँले भन्नु भयाे  ‘यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।’

‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई भन्न चाहन्छु, आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसेहुन्छ । आउँदो चुनाव टफ हुनेछ, अस्तित्व रक्षाको लडाई सुरु गरे हुन्छ ।’

मरिहालोस् भनेर खुब प्रचार गरेकाले पछि धेरै निराश होलान् भनेर यस्तो भन्नु परेको उहाँले बताउनु भयाे । आफू अझै अझै १५ बर्ष अखडामा रहने भन्दै उहाँने भन्नु भयाे ‘पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।

प्रतिक्रिया दिनुहोस