६ पुस,कालीकोट । विप्लव नेतृत्वको नेकपा सहित विभिन्न ८दलहरुले एमसीसी विरुद्ध आज देशभर विरोध प्रदर्शन गरेका छन । काठमाडौंमा भव्य विरोध प्रदर्शन भएको छ ।
यस्तै भेरी कर्णालीका कालीकोट,सुर्खेत,वाँके,वर्दिया,दैलेख जाजरकोट लगायतका सवै जिल्लामा एमसीसी विरुद्ध विरोध प्रदर्शन सहितका सभाहरु भएका छन ।
कालीकोटको मान्ममा पनि भव्य विरोध सभा भएको छ । एमसीसी चाहदैन,देश वेच्न पाइदैन जस्ता चर्का नारा लगाउदै विरोध प्रदर्शन भएको छ । विरोध प्रदर्शन पछिको कोणसभाकालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भतर वम (रणवीर)ले सम्वोधन गर्दै जवर्जस्त नेपालमा एमसीसी पास गराइए राष्ट्रिय मुक्ति युद्ध गर्ने चेतावनी दिनु भयो ।
उहाँले भन्नु भयो “नेपाल राष्ट्र र जनतालाई विकासको नाममा उल्लु नवनाउनु, एमसीसी नेपालमा जवर्जस्त लादीए दलालहरु वस्ने क्याम्प आन्दोलनका मोर्चा हुनेछन ।”
नेता रणवीरले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्नुभयो ।
विरोध प्रदर्शन कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज विराट, जनमोर्चाका केन्द्रीय सदस्य कमल शाही लगायतले सम्बोधन गर्नुभएको थियोे ।
यस्तै सुर्खेतमा भएको विरोध सभामा नेकपाका केन्द्रीय सदस्य एटमले सम्वोधन गर्दै एमसीसी तत्काल खारेज गर्नु पर्ने वताउनु भयो । उहाँले यो नेपाली जनताको लागि धरै ठुलो घातक भएको भन्दै खारेजीको विकल्प नभएको जिकीर गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस