कुमार पाैड्याललाइ नियन्त्रणमा लियर मारियाे : नेका सांसद पाण्डे

असार ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कि नेतृ तथा सांसद मिना पाण्डेले विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पाैड्याललाई प्रहरीले नियन्त्रणमा लियर हत्या गरेकाे बताएकी छन् ।

शुक्रबारकाे संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद मिना पाण्डेले त पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको तर्क नै गरेेेेकि छन् । सांसद पाण्डेले भनिन्, ‘सर्लाहीको बागमती नगरपालिका–२ निवासी पौडेलको प्रहरीले समातेर हत्या गरेको भन्ने कुरा आएको छ । उनले (कुमार पौडल) के गरे र कुन पार्टीमा संलग्न थियो भन्ने कुरामा राज्यको चासो हुनु स्वाभाविक नै होला तर स्थानीयवासीले समातेर गोली हानी हत्या गरेको ठहर गरेका छन् ।’

सरकारले पौडलमाथि ‘फेक इन्काउन्टर’ गरेर गम्भीर मानव अधिकार उल्लङ्घन गरेको उनको आरोप छ । सर्लाही गृहजिल्ला भएकी सांसद पाण्डेले भनिन्, ‘कसैलाई पहिले नियन्त्रण लिइसकेपछि फेक इन्काउन्टर गरेर हत्या गर्नु भनेको गम्भीर मानव अधिकारको उल्लङ्घन हो ।’ केही समय पहिले सागरनाथ वन परियोजनामा सुकुम्बासीका घरटहरा भत्काउन लगाइयो भन्दै बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध मृतक पौडलले कारबाहीको चेतावनी दिएका थिए ।

सोही विवादपछि फेक इन्काउन्टर भएको आशङ्का गर्दै सांसद पाण्डेले भनिन्, ‘निज गरिखाने केटो थियो । तत्कालीन एमालेमा प्रवेश गराएको र सुकुम्बासीका लागि ‘राजनीति’ खेती गरेको, माओवादीमा प्रवेश गर्दा पनि त्यही खेतीलाई निरन्तरता राखेको । अहिले त्यही खेती अन्तर्गत कस्तो अपराध र गल्ती गर्यो, त्यो राज्यको चासो हो, त्योे खोजीनीति र तलासी होस् । नियन्त्रणमा लिएर मार्नु, प्रहरीले गोली ठोकेर मारेर ल्याएर जङ्गलमा राखेर इन्काउन्टरमा मर्यो भन्नु गलत हो । यो कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारको यस्तो रवैयाले मानवअधिकार उल्लङ्घनका घटना बढ्ने सांसद पाण्डेले चिन्ता व्यक्त गरिन् ।

‘यसले मानव अधिकार उल्लङ्घनका घटना बढाउँछ । सर्लाही जिल्ला द्वन्द्वबाट बल्ल–बल्ल बाहिर आएको छ । तर फेरि द्वन्द्वको खतरा बढेको छ ।’

सांसद पाण्डले इन्काउन्टरको प्रमाणसहित संसदलाई जानकारी गराउन माग पनि गरिन् । ‘फेक इन्काउन्टर होइन भने गृहमन्त्रीज्यूले प्रमाणसहित भन्नुपर्छ । होइन भने यसको निष्पक्ष छानविन होस्,’ उनले भनिन्, ‘होइन भने यो मन नपरेको मानिसलाई मार्ने तरिका पनि हुनसक्छ ।’

‘उनी कुन पार्टीमा थिए मेरो चासोको विषय होइन । नियन्त्रणमा लिएर मार्दा मानव अधिकारको खिल्ली उडाइएको छ । दुईतिहाइ बहुमत भएको लोकतन्त्रमा विश्वास गर्ने सरकारले यो के गर्न खोजेको ?’ उनको प्र्रश्न छ ।

प्रतिक्रिया दिनुहोस