पौडेलको हत्याबारे मानवअधिकार आयोगले छानबिन थाल्यो

असार ७, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको हत्या प्रकरणबारे अनुसन्धान थालेको छ ।

 

 

मानवअधिकार आयोगको केन्द्रीय कार्यलय र प्रदेश नं. २ कार्यालयको संयुक्त टोलीले टोलीले घटनाबारे अनुसन्धान थालेको हो । आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति जारी गरी घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको बताए ।

असार ५ गतेको उक्त घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै टोलीलाई तत्कालै आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ ।

असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस