खाद्य असुरक्षा र जलवायु परीवर्तन प्रति सरोकारवालाहरुको चिन्ता

असार ७, कालीकोट । कालीकोट जिल्लामा खाद्य सुरक्षा र जलवायु अनुकुल नभएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।

नेपाल सरकार , विश्व खाद्य कार्यक्रमको सहयोग र मानव अधिकार तथा बातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटको  सहजिकरणमा सुक्रवार मान्ममा भएको कार्यक्रमका सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी विष्ट नेपालीले जिल्लामा सुरक्षीत खाद्य उपभोग गर्ने जनसख्यामा निकै कमी रहेको वताउनु भएको छ । उहाले जलवायु अनुकुल नभएकै कारण सुरक्षित खाद्य उपभोग गर्ने जनसंख्यामा कमी भएको धारणा राख्नु भयो ।

कार्यक्रममा विश्व खाद्य कार्यक्रमका प्रतिनिधि राज बहादुर बुढ्थापाले खाद्य असुरक्षा र जलवायु परीवर्तन प्रति चिन्ता व्यक्त गर्दै जोखिममा रहेका जनसंख्याको पहिचान गरी प्रयाप्त खाद्यन्न तथा पोषणमा पहुँच पुगाउनु पर्ने वताउनु भयो ।

उहाले  जिल्लामा रहेका ग्रामीण वस्तीहरुलाई स्वस्थ खाद्य र पोषणको बारेमा व्यापाक जानकारी दिनु पर्नेमा जोड दिनु भयो । विगत देखि विश्व खाद्य कार्यक्रमले आफनो  कार्यक्रम संचालन गर्दै आएको र विभिन्न प्रकोप , आपत विपद् हुदाँ सहयोग गर्दै आइ रहेको पनि उहाले जानकारी गराउनु भयो ।

कार्यक्रममा हुरण्डेक नेपालका उपाध्यक्ष विरेन्द्र वुढाले आफनो संस्थाले  खाद्य सुरक्षा र जलवायु परीवर्तनका क्षेत्रमा विगत देखि जिल्लामा काम गर्दै आएको वताउनु भयो । उहाले जिल्लाका ९ वटै स्थानीय निकायमा यो क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

खाद्य सुरक्षाको लागि जलवायु परिवर्तन अनुकुलन परियोजनाका जिल्ला संयोजक नरेन्द्र बहादुर शाहीले पहाडी जिल्लामा जलवायु संकटापन्न खाद्य असुरक्षा भएको वताउनु भयो ।

उहाले जसले गर्दा गरिव घरपरिवारको अनुकुलन क्षमताको बृद्धि गर्न यो परियोजना लागुभएको जानकारी गराउनु भयो । जिल्लाको पचालझरना गाउँपालिका र पलाताँ गाउँपालिकाका करिव ४हजार १ सय ४० जना यस परियोजनाबाट लाभान्वित हुने आँकलन गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हूरुन्डेक) का कोषाध्यक्ष गौरी कुमारी शाहीले मानिसहरुले खाद्य सुरक्षा बारे विशेष ज्ञान लिन जरुरी रहेको बताउनु भयो ।

खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकुलन परियोजना आफनो संस्था बाट सहजिकरण गरी लागु  भइरहेकाले अव कालीकोटका स्थानिय तहहरुमा खाद्य सुरक्षा र जलवायु अनुकुलमा सुधार हुने आशा गर्नु भयो ।

। कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएतका निकायका  प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन मानव अधिकार तथा वातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटका सचिव दिलिप कुमार शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस