असाेज ५, कैलाली । कथित कम्युनिस्टको सरकारले भ्रष्टाचारीको संरक्षण गर्दै आएकाले भ्रष्टाचारीका विरुद्ध कडा रुपमा लाग्न युवा संगठन नेपालका सेती महाकाली व्युरो इन्चार्ज जिवनले निर्देशन दिनु भएको छ ।
सेती महाकाली व्युरो अन्तर्गत कैलाली जिल्ला समितिले ३ महिने संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटन सत्रमा बालेल्दै इन्चार्ज जिवनले यस्तो बताउनु भएको हो ।
आफ्नो संगठन विगत र वर्तमानमा राष्ट्रको लागि जस्तो सुकै वलिदान गर्न तयार रहेको भन्दै आवश्यक परे देश र जनताका लागि वलिदान गर्न सक्नु अहिलेको आवश्यकता रहेको पनि वताउनु भयो ।
राष्ट्रीयता, जनतन्त्र र जनजिविकाका लागि सम्पुर्ण युवा एक जुट होऔं, वैज्ञानिक समाजवादका लागि संगठन सुदृढ तथा विस्तार अभियामा अघि वढौं भन्ने मुल नाराका साथ युवा संगठन नेपाल , सेती महाकाली व्युरो आयोजनमा कैलाली,कन्चनपुर, बर्दिया र बाँकेमा संगठन सुदृढ तथा विस्तार अभियान चलिरहेको युवा संगठन नेपालले जनाएको छ ।