बर्दियामा मजदुरको चर्को श्रम शोषण

कात्तिक ५, बर्दिया । बर्दिया जिल्लाको वढैयाताल गाँपालिका वडा नम्वर ४ स्थित दक्षिणभकारीमा रहेको बर्दिया डिस्ट्रिलरी (रक्सी उद्योग) मा काम गर्ने मजदुरहरु चर्को श्रम शोषणमा परेका छन ।

दुई वर्ष अघि स्थापना भएको रक्सी उत्पादन गर्ने उद्योगले श्रम सम्भौता विना आफुहरुलाई काममा लगाउने गरेको मजदुरहरुले गुनासो गरेका छन । उद्योग स्थापनाको एक वर्ष सम्म आफुहरुले दैनिकी ज्यालादारी रुपमा २९० रुपैयामा काम गर्नु परेको मजदुरहरुले दुखेसो पोखेका छन ।

वेला वेला आफुहरुले उद्योग वन्द गर्ने जस्ता आन्दोलन गर्न थालेपछि २०७५ सालको जेठमा श्रम सम्झौता गरी मजदुरहरुलाई काममा लगाउने भनि व्यवस्थापन पक्षले सम्झौता गरेको मजदुरहरुले वताएका छन । तर आफुहरु संग गरेको सम्झौता उल्लंघन गर्दै व्यवस्थापन पक्षले आफुहरुको चर्को श्रम शोषण गरिरहेको खुलासा गरेका छन ।

सरकारको श्रम ऐन २०७४ अनुसार कुनैपनि रोजगारदाताहरुले मजदुरहरुलाई काममा लगाउदा अनिवार्य श्रम सम्झौता गरी काममा लगाउनु पर्ने, मासिक न्युनतम पारिश्रमिक १३४५० दिनु पर्ने, र दैनिकी पारिश्रमिक ५१७ रुपैया दिनु पर्ने व्यवस्था गरेको छ । डिष्ट्रिलरी उद्योगले भने श्रम ऐन विपरित मजदुरहरु माथि चर्को श्रम शोषण गरेको छ । उद्योगमा हाल झण्डै १०० जना मजदुरहरु कार्यरत छन ।

मजदुहरुले धेरै पटक आन्दोलन गरेका कारण वाध्य भएर साउन वाट दैनिकी ज्यालादारीको रुपमा ५१७ रुपैया पारिश्रमिक दिइने गरेको मजदुर अनिता थारुले वताउनु भएको छ । हामीले श्रम ऐन अनुसार पारिश्रमिक र सेवा सुविधा पाउनु पर्छ भनि आन्दोलन गर्दा पनि श्रम कार्यालय नेपालगंज र व्यवस्थापन पक्षले वास्ता नगरेको मजदुर गिता वि.क.ले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो असोज महिनामा श्रम कार्यालयमा मुद्धा पनि दिएका छौ तर श्रम कार्यालय मजदुरको समस्या प्रति गम्भीर र जिम्मेवार देखिएको पाइएको छैन । उद्योगमा काम गर्नें मजुदर सुनिता थारु, स्वस्तिका थापाले आफ्नो चर्को श्रम शोषण हुदा पनि सम्वन्धित पक्ष मौन वस्नु रहस्यमय विषय भएको गुनासो गुर्न भयो ।

मजदुर कल्लु थारुले हामीले अरु केही चाहेका छैनौ श्रम ऐन अनुसार पारिश्रमिक र सेवा सुविधा चाहियो भनेका छौ भन्नु भयो । उहाँले भन्नु भयो कहिले उद्योग खोल्ने,कहिले व्यवस्थापन पक्षले आफै वन्द गर्ने, कहिले श्रम सम्झौता गरी काममा लगाउछु भन्ने, कहिले गर्र्दैन भन्ने ,कहिले पुरानो मजदुरहरुले दैनिक काम पाएको छैन नयाँ मजदुरहरु थप्ने जस्ता कामहरु व्यवस्थापन पक्षले गरेको गुनासो गर्नु भयो ।

उद्योगपति नर वहादुर वलीले भने उद्योग घाटामा चलेकाले मजदुरहरुको मागहरु पुरा गर्न नसकिएको वताउनु भएको छ । उहाँले नयाँ मजदुरहरु कोही नथपिएको भन्दै मजदुरहरुका समस्याका वारे छलफल गर्न आफु तयार भएको धारणा राख्नु भयो । श्रम कार्यालय नेपालगंजले भने मजदुरहरुको लिखित मुद्धा आएको पुष्टि गर्दै समस्या वुझेर समाधान गर्न आफुहरु तयार भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस