आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

११ बैसाख, कालिकोट । नेपालमा लोकतन्त्र आएको आज १९ बर्ष पुरा भएको छ । सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीको संयुक्त पहलमा १९ दिनसम्म चलेको जनआन्दोलनले नेपालमा लोकतन्त्र प्राप्त भएको थियो ।
आजैको दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफ्नो निरंकुश राजतन्त्रत्मक शासन सत्ता परित्याग गरी “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।” भनि घोषणा गर्नु भएको थियो ।
जसका कारण आजको दिनलाई सरकारले हरेक बर्ष लोकतन्त्र दिवसका रुपमा मनाउदै आएको छ । आज विभिन्न कार्यक्रमका विच देशभर यो दिवस मनाइदैछ ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ

प्रतिक्रिया दिनुहोस