कर्णाली प्रदेश केन्द्र सरकारको गणनामा छैन : मुख्यमन्त्री शाही

असार ९, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीले कर्णाली प्रदेश सरकारलाई केन्द्र सरकारले गणनानै नगरेको बताउनु भएकाे छ ।

नेकपा जिल्ला कमिटीको प्रथम बैठकमा सहभागी हुन कालिकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले पत्रकार भेटघाट कार्यक्रममा कर्णाली प्रदेशको मुख्य समस्या गरिबी भएकोले गरिबलाई केन्द्र सरकारले पनि गणनानै नगरेको बताउनुभयाे ।

भुगोलले ठगिएको कर्णाली प्रदेश विकासको दृष्टिले पुर्वधारमा पहिलो प्रथामिकता राख्नु प्रर्ने भन्दै पटक पटक पुर्वाधारमा जोड दिन केन्द्र सरकार संग माग गर्दा पनि केन्द्र सरकारले मागको सुनुवाई नगरेको बताउनु भएकाे हाे ।

कर्णाली प्रदेशको आवश्यकता खाना, नाना, छाना बदल्न सके मात्र गरिबी अन्त्य हुने बताउनु भयाे । गरिबीका कारण कतिपय बालबालिकाले नयाँ लुगा लगाउन नपाउने गरेको उनले बताउनुभयाे । ‘पहिलो खाना, त्यसपछि ठूलो समस्या छाना हो । कर्णालीका अधिकांश बस्तीहरूमा सर्वसाधारणको घर पनि छैन । भएका पनि खरले छाएका छन् ।’ अव खरले छाएका ति सवै घरहरु खरमुक्त गरी टिनको प्रयोग गर्ने शाहीले बताउनुभयाे ।

अव गरिबीलाई हटाएर उत्पादन मुलक क्षेत्रमा लगाइ एक व्यक्ति एक व्यवसाय नगरेसम्म कर्णालीबासीको गरिबी नहट्ने बताउनुभयाे । उनले कर्णाली प्रदेशको मुख्य नारा ‘खाना, नाना र छाना’ रहेको उहाँले बताउनुभयाे । अब पहिलो आवश्यकता खाना, अनि कपडा र वस्नको लागि सुरक्षित वासस्थान आवश्यक रहेको उहाँकाे भनाई थियो । पहिलो वर्ष जे जस्तो रहेपनि दोस्राे वर्षदेखि उत्पादनशिल क्षेत्रमा मात्र बढी प्राथमिकता राखेको बताउनेभयाे ।

उहाँले भन्नुभयाे, ‘उपभोक्ता समितिबाट गरिने काम छिटो छरितो, पारदर्शिता नभएको र उपभोक्तावादी चिन्तन बढेको भन्दै यो वर्षदेखि हामीले ‘जति विकास बजेट आउँछ, त्यसलाई रोजगारसँग जोडेर निर्माण कार्यदल मार्फत युवा समूह, महिला समूह बनाएर निर्माणमा जुट्नुपर्छ ।’

सडक खन्नुपर्ने मुख्यमन्त्री शाहीको भनाइ रहेको छ  । मुख्यमन्त्री शाहीले भन्नुभयाे, ‘पहिलो वर्ष पुर्वाधारमा मात्रै जोड दियौँ, यो वर्ष पनि यसलाई कार्यान्वयन गर्न जोड दिएका छौँ । पहिलो प्राथमिकता भनेकै गरिबी हटाउन गाँस, बास र कपासलाई राखेका छौँ ।’

प्रेस संगठन नेपाल कालिकोटद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख काशिचन्द वराल, शान्नि त्रिवेणि गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही र शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलगाईंको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्रीलाई सोधेको पत्रकारको प्रश्नको जवाफ प्रहरी प्रमुख विनोद शर्माले दिएको भन्दै पत्रकारलाई अपमानित गरेको पत्रकारहरुले आरोप लागाएका थिए । कणाली राजमार्गलाई स्तर उन्नति कहिलेसम्म गरिन्छ भन्ने पत्रकारको प्रश्नमा डिएसपी विनोद शर्माले बिचैमा जवाफ दिएको र पत्रकार सम्मेलन गर्ने आयोजक प्रेस संगठनलाई कार्यक्रम समापन गर्न नदिइ मुख्यमन्त्रीलाई लिन खोजेको भन्दै पत्रकारले अपमानित भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस