सरकारको दमन र षड्यन्त्रविरुद्ध प्रतिरोध मोर्चा खोलेर लड्नेः प्रकाण्ड

मंसिर ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले गर्ने दमन र सबै प्रकारका षड्यन्त्रका विरुद्ध चौतर्फी जनताको प्रतिरोध मोर्चा खोलेर अन्तिमसम्म लड्ने उद्घोष गर्नु भएको छ । प्रवक्ता प्रकाण्डले छैठौँ पार्टी पुनर्गठन दिवसको अबसर पारेर शुभकामना सन्देशमार्फत उक्त उद्घोष गर्नु भएको हाे ।

उहाँले दमन गरेर नेता, कार्यकर्ताको हत्या गरेर, बेलगाम नेता, कार्यकर्ताको गिरफ्तारी गरेर र जनतालाई आतंकित एवं भ्रमित पारेर एकीकृत जनक्रान्तिलाई निस्तेज पारौँला र आफ्नो सत्ता एवं कुर्सीको स्वर्ग रक्षा गरौँला भन्ने दिवस्वप्ना नदेख्न र दुस्साहस नगर्न दलाल पुँजीपतिवर्गका प्रतिक्रियावादी वा सामाजिकस्वरुपका राष्ट्रघाती र जनविरोधी तत्वहरुलाई चेतावनी समेत दिनु भएकाे छ ।

प्रवक्ता प्रकाण्डले छैठौँ पार्टी पुनर्गठन दिवसको अबसर पारेर दिएको शुभकामना सन्देशमा भनिएको छ – ‘विगत पाँच वर्षदेखि हाम्रो पार्टी नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका निम्ति एकीकृत जनक्रान्तिको भीषण प्रक्रियामा छ । बडो बिडम्बना ! राष्ट्र र जनताको मुक्तिको निम्ति सञ्चालन गरिएको महान् नेपाली जनयुद्ध जीतको संघारमा पुगेर पराजीत भयो । नेतृत्व गरेका नेताहरुको धोका, बेइमानी, विचलनता र पलायनताका कारण नेपाली जनता र राष्ट्रको जीवनमा नसोचेको विपत्ति आइलाग्यो । जसको परिणाम अहिले देशमा दलाल पुँजीपतिवर्गको मनोमानी र हालिमुहाली छ । देश भ्रष्टाचारी, कमिशनखोरी, मानवतस्कर, लागूऔषध व्यापारी र अनियमिततावादीहरुको अखडा बनेको छ । जनजीविका र सामाजिक सुरक्षामाथि केपी ओली सरकारको फासीवादी तरबार झुण्डाइएको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर बन्दुक पड्काइएको छ । देश पुनः लिपुलेक, कालापानी, लिम्पियाधुरामाथि भारतीय साम्राज्यवादी आक्रमणमा परेको छ । देश र नेपाली जनताको जीवन चौपट भएको छ, भविष्य अन्धकारमय छ, सार्वभौमिकता धरापमा छ । देशको यो अवस्थाको कारकतत्व २०६२/६३ पछि शान्तिको आवरणमा भित्र्याइएको प्रतिक्रान्ति नै हो भन्ने कुरा कुनै पनि मुक्तिकामी नेपाली जनताबाट छिपेको छैन ।’

यसैगरी प्रवक्ता प्रकाण्डको शुभकामना सन्देशमा भनिएको छ – ‘हाम्रो पार्टी देश र जनताका विरुद्ध दलाल, पुँजीपतिवर्गको सत्ता र सरकारले गर्ने दमन सबै प्रकारका षड्यन्त्रका विरुद्ध चौतर्फी जनताको प्रतिरोध मोर्चा खोलेर अन्तिमसम्म लड्ने छ । जबसम्म दलाल पुँजीपतिवर्ग त्यसको सत्ता र जनविरोधी व्यवस्था नेस्त नामुद हुँदैन ।’

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले छैठौँ पार्टी पुनर्गठन दिवसको अबसर पारेर दिएको शुभकामना सन्देशको पूर्ण विवरण यस प्रकार रहेको छ

“आज मंसिर ८ गते नेपाली श्रमजीवि जनताको महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको ऐतिहासिक र विशेष दिन हो । २०७१ साल मंसिर ८ गते आफुलाई पुनर्गठित गरेर क्रान्तिकारी यात्रा आरम्भ गरेको आज पाँच वर्ष पूरा भएर छैठौँ वर्षमा प्रवेश गरेको छ । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन उत्पीडित वर्ग, समुदाय एवं क्षेत्र, नेपालको परिवर्तनकामी आन्दोलन र देशको निम्ति आज विशिष्ट महत्वको ऐतिहासिक, महान्, गौरवपूर्ण र स्वाभिमानी दिन हो । सर्वप्रथम म नेपाली जनयुद्ध, एकीकृत जनक्रान्ति, नेपालको राजनीतिक आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने तमाम सहिदहरुप्रति ससम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता र घाइते योद्धाहरुको सम्मान एवं स्मरण गर्दछु । नेपाल कम्युनिस्ट पार्टीको यो छैठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा महान् नेपाली जनता, नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका नेता र कार्यकर्ता, नेपालको परिवर्तनको नेता र कार्यकर्ता, हाम्रो पार्टीको नेता र कार्यकर्तालगायत राष्ट्र र नेपाली जनताको मुक्ति अभियानमा आपूmलाई निरन्तर समर्पित गरिरहनु भएका सम्पूर्ण कमरेडहरु तथा महानुभावहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विगत पाँच वर्षदेखि हाम्रो पार्टी नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका निम्ति एकीकृत जनक्रान्तिको भीषण प्रक्रियामा छ । बडो बिडम्बना ! राष्ट्र र जनताको मुक्तिको निम्ति सञ्चालन गरिएको महान् नेपाली जनयुद्ध जीतको संघारमा पुगेर पराजीत भयो । नेतृत्व गरेका नेताहरुको धोका, बेइमानी, विचलनता र पलायनताका कारण नेपाली जनता र राष्ट्रको जीवनमा नसोचेको विपत्ति आइलाग्यो । जसको परिणाम अहिले देशमा दलाल पुँजीपतिवर्गको मनोमानी र हालिमुहाली छ । देश भ्रष्टाचारी, कमिशनखोरी, मानवतस्कर, लागूऔषध व्यापारी र अनियमिततावादीहरुको अखडा बनेको छ । जनजीविका र सामाजिक सुरक्षामाथि केपी ओली सरकारको फासीवादी तरबार झुण्डाइएको छ । नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर बन्दुक पड्काइएको छ । देश पुनः लिपुलेक, कालापानी, लिम्पियाधुरामाथि भारतीय साम्राज्यवादी आक्रमणमा परेको छ । देश र नेपाली जनताको जीवन चौपट भएको छ, भविष्य अन्धकारमय छ, सार्वभौमिकता धरापमा छ । देशको यो अवस्थाको कारकतत्व २०६२÷६३ पछि शान्तिको आवरणमा भित्र्याइएको प्रतिक्रान्ति नै हो भन्ने कुरा कुनै पनि मुक्तिकामी नेपाली जनताबाट छिपेको छैन ।

प्रतिक्रान्तिको उपज राष्ट्रियता, जनअधिकार र जनजीविकामाथिको दलाल, पुँजीवादीवर्गको प्रतिनिधि सामाजिक चरित्र बहन गराइएको केपी ओली सरकारको आक्रमण र अफवाहलाई निस्तेज पार्नु नै राष्ट्र र जनताको अहिलेको प्रमुख आवश्यकता र कार्यभार बन्न गएको छ । त्यसका निम्ति निर्णायक क्रान्तिमा उत्रन देशभक्त एवं स्वतन्त्रताका पक्षधर आमनेपाली जनतामा हामी विशेष अपिल गर्दछौँ ।

आमनेपाली जनतामा हामी प्रतिबद्धता र पूर्णविश्वास दिलाउँदै के प्रष्ट गर्न चाहन्छौँ भने हाम्रो पार्टी नेपाली मुक्तिकामी जनता र देशको प्रतिनिधि राजनीतिक पार्टी हो । राष्ट्र र जनताको मुक्ति, विकास र सम्पन्नता हाम्रो पार्टीको एक मात्र उद्देश्य र स्वार्थ हो । यसका निम्ति दलाल पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने राज्यसत्ता, जनविरोधी संसदीय व्यवस्था र त्यसको नेतृत्वको समुल अन्त्य अनिवार्य र पहिलो सर्त हो । यही उद्देश्यका निम्ति नेपाली राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन, एकीकृत जनक्रान्तिको कार्यदिशा, संश्लेषण एवं यसको सञ्चालन र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्यदिशा आवश्यक ठानी अगाडि सारिएको हो । यसमाथि दमन गरेर नेता, कार्यकर्ताको हत्या गरेर, बेलगाम नेता, कार्यकर्ताको गिरफ्तारी गरेर र जनतालाई आतंकित एवं भ्रमित पारेर हाम्रो पार्टी र एकीकृत जनक्रान्तिलाई निस्तेज पारौँला अनि आफ्नो सत्ता एवं कुर्सीको स्वर्ग रक्षा गरौँला भन्ने दिवस्वप्ना नदेख्न र दुस्साहस नगर्न दलाल पुँजीपतिवर्गका प्रतिक्रियावादी वा सामाजिकस्वरुपका राष्ट्रघाती र जनविरोधी तत्वहरुलाई हाम्रो पार्टी चेतावनी दिन चाहन्छ ।

हाम्रो पार्टी देश र जनताका विरुद्ध दलाल, पुँजीपतिवर्गको सत्ता र सरकारले गर्ने दमन सबै प्रकारका षड्यन्त्रका विरुद्ध चौतर्फी जनताको प्रतिरोध मोर्चा खोलेर अन्तिमसम्म लड्ने छ । जबसम्म दलाल पुँजीपतिवर्ग त्यसको सत्ता र जनविरोधी व्यवस्था नेस्त नामुद हुँदैन । ”

प्रतिक्रिया दिनुहोस