युवाले फोहोर नगरपालिको ढोका अघि फ्याकिएपछि …..

जेठ ११, जुम्ला । जुम्लाका युवाले चन्ददनाथ नगरपालिकाको गेट अगाडी नै फोहोर जम्मा गरिदिएका छन् ।जुगाड खोला सरसरफाई अभियानमा लागेको यहाँका युवाले पटक पटक फोहोर व्यवस्थापनको लागि माग गर्दा पनि नगरपालिकाले चासो नदेखाएपछि फोहोर नगरपालिकाको ढोका अगाडी लिएर जम्मा गरिदिएका हुन् ।

यो समाचार शुभाकर विश्वकर्माले राजधानि दैनिकमा लेखेका छन्  । जागौ युवा कर्णाली नेपाल नामक युवाहरुको संजालले विगत केहि साता देखी जुगाड खोला सरसफाई गर्दै आएको छ । बारम्बार आग्रह गर्दा पनि नगरपालिकाले चासो नदिएपछि आफुहरु बाध्य भएर यस्ता काम गरेको युवा हरिस रोकायाले बताए । फोहोर  संकलन गरिसकेपछी,नगरपालिका लाई पटक पटक डिस्पोजको लागि गुहार गर्दा,“नगरपालिकाले नटेरेपछी यस्तो कदम चाल्न बाध्य भयौ, उनले भने, जुगाड खोला सरसफाई गर्दै आएपनि फोहोर व्यवस्थापन गर्न हामीलाई निकै समस्या भएको छ ।

चुनाव जिते लगत्तै चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटि बनाउने उद्घोष गरेकी थिईन, मेयर कान्तिका सेजुवालले । तर उनको बाचा र प्रतिवद्धता अनुसार काम हुन नसकेपछि नगरपालिका दुगन्र्धित बन्दै गएको छ । फोहोर व्यवस्थापनमा निकै खर्च गरेको भएपनि परिणाम भने निस्कन सकेको छैन ।

अर्का युवा शारदा पछाईले सरसफाई अभियानमा लागेका युवालाई सहयोग गर्नुको साटो नगरपालिकाले सहयोग नगरेको गुनासो गरिन । जुम्लाका अव्यवस्थित सहरीकरण, फोहोर व्यवस्थापनमा चासो नदिएका कारण नगर क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस