ललित बिष्टका चार मुक्तकहरु

 

आँधी भन्दा धेरै हुरी भए के गछौ ।
मानौँ बाध्यताले दुरी भए के गछौ ।
बाबा, आमाको इज्जतमा दाग लगाई ।
छोडदै हिड्ने मजभुरी भए के गछौ ।

बाच्नु पनि गतिलो सजाय हुन्थ्यो ।
मर्नु भन्दा पहिले बचाए हुन्थ्यो ।
बर्षै लगाएर घर बनाएको छु ।
ढोका उर्घादा, अगाडी आमा आए हुन्थ्यो

प्यारको बद्ला मलाई प्यार पठाईदेउ ।
एक बारले पुग्दैन बारम्बार पठाईदेउ ।
धामीझाँक्री डाक्टर नि हारे म देखि ।
दिल जलेको तिमिनै उपचार पठाईदेउ ।

फुल पाती अछेत्ता छरेर के पायौँ ?
भन तिमीले पुजा गरेर के पायौँ ?
जुन मन्दिर बाहिर भोकै छन भिक्षु,
भित्र मुर्तिमा दूध पोखेर के पायौँ ?

प्रतिक्रिया दिनुहोस