इतिहास त्यसैको बन्छ, जस्ले रगत दिन्छः सेक्रेटरी रणदिप

क्रान्तिले तिब्रगति लिदैगर्दा बलिदानको उचाई पनि बढ्दै जान्छ । त्यति मात्र हैन प्रतिक्रियावादीहरु झन बर्बराउने गर्दछन । यतिबेलाको सन्धर्भ यसै प्रवृत्ति संग मेल खान्छ ।

जब एकिकृत जनक्रान्तिले आफ्नो बिकास तिब्र गतिमा गर्यो, अनि कम्युनिष्ट नामधारीको कथित दुईतिहाईको सरकार तिलमिलाएर अन्धो भई बढीरहेको छ ।

जनअधिकारको बिरुद्द निरंकुसता थुपारिरहेको छ । भने जनहत्याका सृखला बढाउदै आइरहेको छ । दोहोरो भिडन्तको नाममा निर्दोष नागरिकहरुको हत्या गर्दै आफ्नो लुटको स्वर्ग बचाउने दाउ रचिरहेको छ ।

यसैको ज्वालन्त उदाहरण हो महान शहिद क. कुमार पोडेल को हत्या उहाँको सम्झना स्वरुप रचिएको देउडा गित ।

जनताको ब्यबस्थामा नअस्थाउने भयौं ।
महान शहिद कुमार पौडेल अमर बनी गयौं ।।

फासीवादी केपी सरकार लामो चल्ने छैन ।
भौतिक सरिर ढले पनि आस्था ढल्ने छैन ।।

सुर्य छेक्न सक्ने छैन बादलको घेरले ।
इतिहासमा नाम लेखिन्छ स्वर्ण अक्षरले ।।

अगाडी गिरप्तार गरि पछी हान्यो गोली ।
जनताका हत्यारा जति सिद्दिनेछन् भोली ।।

अजर अमर बनिरन्छौ हाम्रो जगत बाट ।
लार्खौलाख रक्तबिच जाग्छन तिम्रो रगतबाट ।।

प्रज्वल, सनराईज, धनरुप र दिपेन्द्र महानले ।
पुर्बी क्षितिज खुल्छ अब ठुलो बलिदानले ।।

राम बहादुर थापा बादल जिबितै गनायो ।
कुमार तिम्रो बलिदानले शोबाकुल बनायो ।।

जनता मार्ने गणतन्त्र किन चाईयो अब ।
अन्त सम्म लडिरन्छौ मुक्ति हुन्न जब ।।

कसैको हित गर्ने छैन यो मृत शान्तिले ।
मुक्तिको राजमार्ग खुल्छ जनक्रान्तिले ।।

बलिदानको रगतले सहिछाप गर्छु अहिले ।
मुठ्ठि उठाई श्रदान्जली अर्पणगर्छु महिले ।।

मुक्तिको यो अभियान लाई छेक्न सक्छ कस्ले ।
इतिहास त्यसैको बन्छ, रगत दिन्छ जस्ले ।।

बिर शहिद क. कुमार लाल सलाम

यि गितहरू नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला सेक्रेटरी रणदिप ऐडिले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस