जेठ १२, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले आगामी नगरको निति तथा कार्यक्रममा दलित अधिकार सुनिश्चित गरिने वताउनुभयो ।
उहाँले निति तथा कार्यक्रममै स्पष्ट ब्यवस्था भएमा कार्यन्वयन गर्नपनि सजिलो हुने वताउनुभयो । नगरप्रमुख पाण्डेले अवको कार्यक्रममा दलितका मुद्धाले उच्च प्राथमिकता पाउने आसपासन दिनुभयो ।
नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने दलित समुदायका मुद्धाहरुको सन्दर्भमा दलित अगुवाहरुको सुझावलाई आफुले गम्वीरताका साथ लिएको नगर प्रमुख पाण्डेले वताउनुभयो । दलित समुदायका मुद्धाहरुलाई उच्च प्राथमिकताका साथ सम्वोधन गर्ने कुरामा संका नगर्न अनुरोध समेत गर्नुभयो ।
नगर दलित सज्यालको आयोजनामा सुरु भएको जातिय विभेदको अन्त्य गर्रौ, समानतामुलक समाजको निर्माण गर्रौ भन्ने मुल नाराका साथ आयोजित नेतृत्व बिकास तथा कानुनी शासन सम्बन्धी ३ दिने गोष्टिलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले जातीय विभेद तथा छुवाछुतको समस्या सामाधानका लागि व्यापक जनचेतना निर्माण र कानुनी कार्वाहीको विधि अवलम्वन गरिने बताउनु भयो ।
‘जातीय विभेद तथा छुवाछुतको समस्या व्यक्तिको आधारभुत मानव अधिकार र मानव सभ्यता विरुद्धको समस्या हो ।’ नगर प्रमुख पाण्डेले भनुभयो ‘खाँडाचक्रमा छुवाछुत जस्तो सामाजिक अपराधलाई कुनै पनि रुपमा छुट दिईने छैन ।’
सीप र कलाका धनी दलित समुदायको सहभागिता विना विकास र समृद्धिको अभियान पुरा नहुने वताउदै नगर प्रमुख पाण्डेले अभियानात्मक रुपमा दलित समुदाय पनि औद्योगिकरण तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
तालिमको आज पहिलो दिन प्रहरी नायब उपरीक्षक बिनोद शर्माले सविधानले ब्यबस्था गरेको कानुनी शासन सम्बन्धी सहभागीलाई जानकारी गराउनु भएको थियो । नगर दलित संज्यालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सञ्चालित गोष्टिमा नगरपालिकाको वडा नं ४ का अध्यक्ष धनसिङ बिश्वक्रर्मा, दलित नगर संज्यालका सल्लाहकार संयोजक दान बहादुर बिश्वक्रर्मा लगायत दलित अधिकारक्रमिको सहभागिता रहेको थियो ।