जनपत्रकार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेश बिष्ट


असोज १०, दाङ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष दिपेश बिष्ट निर्वाचित हुनुभएको छ ।

आइतबार दाङको घोराहीमा सम्पन्न सम्मेलनले दिपेश बिष्टकाे अध्यक्षता २१ सदस्यीय प्रदेश समन्वय समिति चयन गरेको हाे ।

समितिको उपाध्यक्षमा एक जना महिला थप्ने गरि राजेन्द्र रावत क्षेत्री, सचिवमा अनिल नेपाली, सह-सचिवमा केवी गुरुङ, र बिहानी मगर, कोषाध्यक्षमा मुक्ति गैरे, रहेका छन् भने अन्य रिक्त पदमा पछी थप हुनेगरि सदस्यहरुमा हर्क बहादुर घर्ति, प्रदिप पाठक, प्रदिप राहादी मगर, किस्मा खड्का, अयन बिक, डीबी खड्का, हेमन्त प्रकाश वली र अनिल थारु निर्वाचित गरेको छ।

सम्मेलनकाे अध्यक्षता दिपेश बिष्टले गर्नुभएको थियाे भने पार्टी केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलको प्रमुख अतिथ्या रहेको थियो । यस्तै जन पत्रकार संगठन केन्द्रिय सम्मेलन आयोजक समितिका संयोजक शेर बहादुर बि.क. विशिष्ट अतिथि रहेका थिए ।

अन्य अतिथिहरु जनपत्रकार संगठन नेपाल केन्द्रिय निबर्तमान अध्यक्ष प्रकाश डुम्रे, जनपत्रकार संगठन नेपाल केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य दाना केसी, जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष बसन्त बि.क., युगबोधका सम्पादक लक्ष्मी आचार्य, प्रेस चौतारी लुम्बिनी प्रदेश इन्चार्ज सबिन प्रियासन, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतका अतिथिहरु उपस्थित रहेका थिए ।

प्रमुख अतिथि रहेका सितलले बर्गीयपक्षधरताको आधारमा कलम चलाउन जनपत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘आवाज बिहिनहरुको आवाज जनपत्रकारहरुको कलमले बोल्नु पर्दछ, त्यो नै बर्गीयपक्षधरताको कमल हो’ ।

प्रतिक्रिया दिनुहोस