सत्तारुढ नेकपा कालीकोटको ४५ सदस्यीय जिल्ला सचिवालय गठन (नामावली सहित)

मंसिर १०, कालिकाेट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीकोटले ४५ सदस्यीय जिल्ला सचिवालय समिति गठन गरेको छ । सचिवालयमा पूर्व एमालेबाट सचिव नगिन्द्र शाही (नेशनल) सहित २१ जना र पूर्व माओवादीबाट अध्यक्ष धनजीत शाही सहित २४ जना चयन भएका छन् ।

जिल्ला सचिवालयमा ४ जना महिला र ५ जना दलित समुदायका नेताहरुलाई समेटिएको छ । जिल्ला सचिवालयमा चयन भएका महिला नेतृहरुमा कृष्णा शाही, मिठु शाही, राधिका शाही र दक्षिणा शाही छन् । दलित नेताहरुमा तुलराज विक,पौरख विक, अनन्त विक, दिनेश चँदारा र रतन विक चयन भएका छन् ।

नेकपा कालीकोटले सल्लाहाकार परिषदको जिल्ला कमिटि अध्यक्षमा धिरबहादुर बम र सचिवमा कालीबहादुर महतारालाई चयन गरेको छ । त्यस्तै निर्बाचन क्षेत्र समन्यय कमिटिको नेतृत्व पनि चयन गरेको छ ।

निर्बाचन क्षेत्र क को संयोजकमा कमलबहादुर शाही संयोजक र सचिवमा सर्पराज सिंह तथा निर्बाचन क्षेत्र ख को संयोजकमा जगत शाही र सचिवमा पार्वती सिंह चयन भएका छन् । जिल्ला सचिवालयमा युृवानेताहरुको बाहुल्यता रहेको छ । कालीकोटमा १ सय ३५ सदस्यीय जिल्ला कमिटि रहेको छ ।

नामावली हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस