रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न नेकपाको माग

जेठ १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

पाटीका प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य ब्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताईएको छ ।

विज्ञप्तिमा प्रकाण्डले मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गर्ने उल्लेख गर्नु भएकाे छ ।

विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग माग गर्नु भएकाे छ ।

यस्तै विज्ञप्तिमा नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाह सम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख छ ।

साथै विज्ञप्तिमा चौरजहारी घटना दलाल पुँजीपति वर्गको कथित संसदीय ब्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संकृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको कुरा उल्लेख छ ।

विज्ञप्तिको अन्त्यमा घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सन्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसीस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास गरिएको छ ।

विज्ञप्तिको पुर्णपाठ…

प्रतिक्रिया दिनुहोस