प्रहरीको कुटाइबाट एक युवक गम्भीर घाइते

साउन ११, कालिकोट । कालिकोट जिल्लाको पचलझरना गाउँपालिकामा प्रहरिको कुटाइ बाट एक युवक गम्भिर घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय जारकोटमा कायरत प्रहरीको अमानविय कुटाइबाट पचालझरना गाउँपालिका वडा नम्बर ९ का १९ वर्षिय पंख तिरुवा गम्भिर घाइते भएका हुन् ।

पचालझरना गाउपालिका वडा नम्बर ८ का अन्दाजी २४ वर्षिय जय टमटा र वडा नम्बर ९ का गगन तिरुवा बिच यहि साउन ८ गते भएको सामान्य झगडाको बिषयलाई लिएर युवक तिरुवा माथि यातना दिएको हो ।

उनि संगै अन्य १० जना युबक माथि पनि प्रहरीले अमानविय यातना दिएको पारिवारिक स्रोतले जनाएको छ । घाइते युवक तिरुवाले भखरै काठमाडौं बाट पायल्सको सल्यक्रिया गरि आएको छु म बिरामी छु भन्दा भन्दै प्रहरीले नाटक गरेको भन्दै यातना दिएको गुनासो गरेका छन् ।

हाल उनको स्वास्थ्य चौकि जारकोटमा उपचार भइरहेको छ । घाइते युवक झगडामा सहभागी नभएको तर प्रहरी भने घटनाको अनुसन्धानको नाममा लिएर आफ्ना छोरा माथि चरम यातना दिएको आफन्तहरुले बताएका छन् ।

यता ईलाका प्रहरी कार्यालय जारकोटका हवल्दार मनोज शाहीलाई बुझ्दा प्रहरिले यातना नदिएको दाबि गरेका छन् । पिडित परिवारले भने दोषी माथि कारवाही र घाइतेको निःशुल्क उपचारको माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस