१० कार्तिक, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यहि कार्तिक २० गते स्वाधीनता र समाजवादका पक्षमा काठमाडौमा गर्न लागेको विशाल जनप्रदर्शन सहित जनसभामा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।
पार्टी महासचिव विप्लव सीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत यहि कार्तिक २० गते स्वाधीनता र समाजवादका पक्षमा काठमाडौमा गर्न लागेको विशाल जनप्रदर्शन सहित जनसभामा सहभागी हुन सबैलाई आह्वान गर्नु भएको हो ।
महासचिव विप्लव सीले नेपाललाई अरूले नभई आफैँले फेर्नुपर्ने भन्दै जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त हुन्छन् तबमात्र देशले आत्मसम्मान सहित उन्नति हासिल गर्ने स्पष्ट पार्नु भएको छ ।
उहाँले लेख्नु भएको छ ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू ।’
नेकपाको पछिल्लो केन्द्रीय समितिको विशेष बैठकले कार्तिक २० गते काठमाडौमा विशाल जनप्रदर्शन सहित जनसभा गर्ने निर्णयसंगै विभिन्न चरणका सङ्घर्ष गर्ने निर्णय समेत गरेको थियो ।
